Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 19, 2026
सोमवार, बैशाख ७, २०८३

कैलालीमा निषेधाज्ञा १४ गते सम्म थप, निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने

User Photo सोमवार, असार ७, २०७८
काठमाण्डाै ।

कोरोना संक्रमण नियन्त्रणका लागि कैलालीमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीएमस)को बैठकले असार १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

बैठकले खुकुलो पार्दै असार ८ देखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको सूचना अधिकारी शिवराज जोशीले बताए।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बन्द रहनेछन्। निजी सवारी साधन भने जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ। जोर बिजोर प्रणाली अन्तरगत नै ट्याक्सी र अटो बढीमा २ राखेर सञ्चालन गर्न पाइनेछ।

अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधान सञ्चालन गर्न पाइने छ।

अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरिएको सूचना अधिकारी जोशीले बताए। उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ।

यस्तै होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा(खाना र खाजा लगेर जानुपर्ने) बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन्।

यस्तै अब सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ।

यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.