Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

शिक्षक सञ्ज्याल द्वारा क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण

User Photo शनिबार, साउन १६, २०७८
अछाम ।

अछामका क्यान्सर पीडित सर्पजित कसेरालाई स्थानिय शिक्षक देवेन्द्र सञ्ज्यालको पहलकदमीमा संकलन भएको एक लाख तिस हजार सहयोग रकम हस्तान्तरण गरिएको छ।

दुबै खुट्टा क्यान्सरले गुमाएका निज कसेराको दयनीय आर्थिक अवस्था बारे जानकारी भएपछि करिब एक लाख तिस हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको जानकारी शिक्षक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।

लकडावनका कारण स्थानीय होटलमा भाँडा माझेर अलिकति भए पनि दुई छाकको गुजारा चलाउँदै आएको कसेराका छोराले पनि काम गुमाएपछि दुई छाक टार्न समस्या भएको भन्दै शिक्षक देवेन्द्र सञ्ज्यालको सम्पर्कमा आएपछि शिक्षक सन्ज्यालको पहलमकदमीमा एक लाख तिस हजार बराबरको आर्थिक सहयोग नगर प्रमुख ओम प्रकाश बिष्ट उप प्रमुख भीमप्रसाद ढकाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत खडक बहादुर बिष्ट तथा वार्ड नं १ का अध्यक्ष तेज बहादुर बिष्टको रोहबरमा सो रकम हस्तान्तरण गरिएको हो ।

स्मरणीय छ शिक्षक सन्ज्यालको पहलकदमीमा सहयोगीहरुबाट सहयोग रकम संकलन गरेर कालिका आधारभुत विद्यालय मुली अछामको दुई कोठे पक्की भवनको निर्माण कार्य समेत जारी छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.