
मंगलवार आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो चौथो बार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । देशभरी आज हर्षो उल्लासका साथ मनाइएको छ । यसै लम्की साखाले पनि आज एक कार्यक्रम गरि मनाएको छ ।
लम्कीमा भएको कार्यक्रममा बोल्दै लम्की शाखा प्रमुख बल बहादुर थापा ले आइएमई लाइफ इन्स्योरेन्सले बिमितमुखी कार्यक्रम हरुलाई प्रभावकारी ढंग बाट अगाडि बढाउदै आएको बताउनु भयो ।
उहाँ ले छोटो समयमै आफ्नो लक्ष्य सम्म पुग्न सफल भएको आइएमई लाइफ इन्स्योरेन्सले मानवीय जिवनलाई सहजता पुग्ने खालका विभिन्न कार्यक्रम लागू गरेको समेत बताउनु भयो । बिमित,लगानीकर्ता,एएम,टिएम,अभिकर्ता लगाएत सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
बार्षिक उत्सव कार्यक्रममा लम्की चुहा १ लम्की तथा टिकापुर क्षेत्रका एजेन्सी मेनेजरहरुको लगाएत अन्य सरोकारवालाहरुको समेत उपस्थित रहेको थियो ।