
माछा मार्न गएका ३ जना कर्णालीमा बेपत्ता भएको प्रहरीले बताएको छ । कैलाली लम्कीचुहा नगरपालिका ३ ढुङ्गे बजार बस्ने तिर्थ बहादुर घर्ति मगरले प्रहरी लाई जानकारी दिए अनुसार ढुङ्गे बजार बस्ने बर्ष ६१ बर्षका खडक घर्ति मगर बर्ष ३५ का बिक्रम घर्ति मगर, बर्ष २६ को खडक राना मगर रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।
उनीहरु नदिमा बेपत्ता भए वा कर्णालीको कुनै टापुमा फसे भन्ने कुराको जानकारी नआएको प्रहरीले बताएको छ ।
माछा मार्न गएको बेला लालमटिया टापुमा मानिस हरु बस्ने गरेको गरेका थिए । त्यो टापुमा आर्मीले खोजेको भएपनी उनिहरु नभेटिएको बुझिएको छ । उनिहरु माछा मार्न हिजो नै गएको प्रहरीले बताएको छ ।