स्वास्थ्य समाचार

लम्की स्थित लालरत्न अस्पतालमा दुई ठाउँमा भाचिएको हड्डीको सफल अपरेसन

पाखुराको हड्डी दुई ठाउँमा भाचिएकाे र जाेडिएकाे तस्वीर
आइतवार, माघ २, २०७८, लम्कि, कैलाली । 

कैलालीको लम्की स्थित लालरत्न अस्पतालमा दुई ठाउँमा भाचिएको हड्डीको सफल अपरेसन भएको छ ।

लम्की चुहा नगरपालिका वडा नम्बर मा बस्ने ३६ बर्षका चण्डीका प्रसाद उपाध्यायको दुई ठाउँमा भाचिएको हड्डीको सफल अपरेसन भएको हो ।

लम्कीमै दुई ठाउँमा भाचिएको हड्डीको अपरेसन भएपछि उपचारकै लागी धनगढी, नेपालगन्ज जानू पर्ने बाध्यता हटेको छ । हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सागर गिरि लगायत टोलिले यो अपरेसन सफल गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले चौबीसै घण्टा एमबिबिएस डाक्टर र हरेक हप्ता बिशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छ्न । अस्पतालमा अहिले दीर्घकालीन मुटुको रोग, ब्लड प्रेससरको समस्या, सुगर, दम, कोलस्टोर लगायत अन्य सम्पुर्ण रोगको उपचार हुँदै आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले इन्डोस्कोपी सेवा पनि सुचारु भएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, माघ २, २०७८ (January 16, 2022, 6:26 pm) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै