Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

लम्कीचुहा वडा नं १ काे वडा अध्यक्षमा नेपाली कांग्रेसबाट टेकराज कठायतको चर्चा

User Photo आइतवार, चैत्र १३, २०७८
लम्कि, कैलाली ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिती तय गरे संगै चुनावी माहोल बढेको छ । स्थानीय सरकार का जनप्रतिनिधी कस्ता चयन गर्ने भन्ने विषयमा जनतामा चासो र चिन्ता पनि छ । जनता प्रति ईमानदार जनताको सेवक समग्र समाजको भावी रणनिती र विकास गर्न सक्ने एक कुशल नेतृत्व चयन गर्न जनता आतुर रहेका छन ।

यस्तै कैलाली क्षेत्र नं २ लम्कीचुहा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा टेकराज कठायतको चर्चा व्यापक छ । कठायत जनता प्रति ईमानदार युवा केहि गर्न सक्ने युवाको रुपमा परिचित छन ।

सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय कठायत १८ बर्षको उमेरमा सुदुरपश्चिमको समग्र विकासका लागि ज्ञापनपत्र सहित १७ दिने महाकालि मेचि साईकल यात्रा मार्फत सिंहदरवार गई तत्कालीन प्रधानमंत्री प्रचण्डलाई सुदुरपश्चिमकाे विकाश प्रति ध्यानाकर्षण गराएका थिए ।

सोहि क्रममा २०६६ बैसाख १ गते तिनै मागहरुलाई सरकारको ध्यानाकर्षणका लागि कर्णाली पुलमा डोरीमा झुन्डियर आधा घण्टा अनसन समेत बसेका थिए । निरन्तर जनता प्रति जनजिवीकाको सवालमा खरोरुपमा बोल्दै आउनुभएका युवा नेता कठायत अहिले वडा अध्यक्षको रुपमा जनताले समेत खाेजेकाे नाम हाे ।

नेपालमा अधिकांश युवाहरुको पिडा बैदेशिक रोजगारी जाने बाध्यता संगै २२ बर्षे कलिलो उमेरमा दक्षिण कोरिया गएका कठायत त्यहाँ श्रम मात्र गरेनन त्यहाँको विकास र समृद्वी र त्यस देशका इमान्दार नागरीकको देश प्रतिको माया श्रमको सम्मान सरकार जनता प्रति कति ईमानदार र सहयोगी हुन्छ भन्ने समेत थाहा पाए ।

परदेश बसाइले उनलाई आफ्नाे देश र एक अनुशासित देश बिच तुलना गर्दै देश निर्माणबारे थप याेजना सहित देश फर्कायाे । उनी भन्छन, “देशको माथिल्लो निकायमा बसेका र सामान्य जनता पनि त्यो देशको कानुन कति अनुशासित रुपमा पालना गर्छन, पुर्व वा वर्तमान सरकारका प्रमुखहरु समेत भ्रष्टाचार आरोप हुने वितिकै जेल चलान हुने देश देखेर नेपाल पनि त्यस्तै भइदिए वा बनाउन पाए भन्ने साेचले मलाइ राजनितीमा क्रियाशिल रहन बाध्य बनायाे ।”

तुलना गर्नै नसकिने फरक उनले भेटे । नेपालमा राजनितीक पहुँच भएकाहरुनै कानुन उल्लंघन गर्छन, कानुनको धज्जी उडाउछन । सानालाई ऐन र ठुलालाई चैन हुने देशका नागरिक हुदा पनि हामी देश प्रति गर्व गर्छाै तर देश बिगार्ने खराव व्यक्ति र प्रवृति विरुद्ध आवाज उठाउदैनाै ।

काेरियामा देखेकाे र राम्राे लागेकाे हरेक कामहरु गर्ने याेजनामा उनी छन ।

पेशा व्यावसायमा सरकार बाट पाउने सेवामा समेत पहुँचको भर पर्नु पर्ने यो मुलुकमा कति पेशा व्यावसाय धरापमा छन तर कोरीयामा साना तथा ठुला उधोग र कृषिमा सरकारले गर्ने सहयोगले त्यो देश कति माथि छ यि यावत कुरामा पनि सबै जनता प्रति कठायत सहयोगी हुनेछन ।

२०७४ मा भ्रष्टाचार मुक्त नगर बनाउन उपमेयरमा उम्मेदारी दिएका कठायतको त्यतिखेर पनि चर्चामा रहे तर सफल हुन सकेनन । त्यपछी पनि निरन्तर उनी जनताकाे बिचमा र साथमा लागि नै रहे । अव नगरपालिका नभइ एउटामा वडामा काम गरेर देखाउने तयारीका साथ उनी चुनावी एजेण्डा, याेजनामा लागेका छन । उनले चुनावताका के कुरामा जाेड दिएर एजेण्डा तथा याेजना जनतामा ल्याउछन भन्ने कुरा पनि यतिखेर सोका साथ हेरिएकाे छ ।

राजनिती शास्त्रमा स्नातक गरेका कठायत नेपाल विधार्थि संघको मोतिपुर माविको एकाई सभापती, नेविसंघ कैलाली क्षेत्र नं २ को क्षेत्रीयसचिव हुदै अहिले नेपाली कांग्रेस जिल्ला सल्लाहकार सदस्य छन ।

टेकराज कठायत सामाजिक कार्यमा सक्रिय युवा नेता हुन । लम्की चोकमा जेब्राक्रसको अभियान त कहिले विधार्थिलाई शैक्षिक सामाग्री निःशुल्क वितरण कोरोना कहरमा जनतालाई बिभिन्न भुमिकामा सक्रिय नेता कठायत यस क्षेत्रका सबै युवा तथा जनताले राम्रो आशा गरेका युवा हुन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.