Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेपाल,चिन सम्बन्धलाई प्रगाढ बनाउन विद्यार्थि नेताले परराष्ट्रमन्त्री खड्का लाई बुझाए ज्ञापन पत्र

User Photo सोमवार, बैशाख ५, २०७९
काठमाण्डौ ।

नेपाल ­ चिन सम्बन्धलाई प्रगाढ र गतिशिल बनाउन नेपाली कांग्रेस निकट विद्यार्थि नेताले परराष्ट्रमन्त्री नारायण खड्का लाई ज्ञापनपत्र बुझाएका छन । नेपाल ­ चिन बिचको ६६ बर्षे दौत्य सम्बन्धलाई प्रगाढ, प्रगतिशिल बनाउन युथ कांग्रेस नेपाल कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक धिरज संञ्याल र नेपाल विद्यार्थि संघका नेता बासुदेव न्यौपाने लगायतका शनीबार विहान ज्ञापन पत्र बुझाएका हुन ।

 

सिमा समस्या समाधानका लागि पहल, चिनमा अलपत्र परेका नेपाली विद्यार्थिको उद्दार, अघोषित नाकाबन्दी खुलाउन पहल, ब्यापार घाटा समस्या समाधान, चिनिया लगानीका आयोजनामा भईरहेको विकास निमार्णको कामका ढीलासुस्ती र अबरोध हटाउन, संकास्पद चिनिया नागरीकलाई अध्यागमन बाट नै कढाई लगायतका माग गदै दौत्य सम्बन्ध सुदृण गर्न ज्ञापनपत्र बुझाईएको युथ कांग्रेस नेपाल कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक धिरज संञ्यालले बताउनु भयो ।

जवाफमा मन्त्री खड्काले मागहरु जायज भएकाले सकारात्मरुपमा आफुले ल्रिएको र समस्या समाधानको लागि कुटनितिक माध्यामबाट पहलगर्ने प्रतिबद्धता समेत गर्नु भएको जनाइएको छ ।

नेपाल- चीन बिच ६६ बर्षे दौत्य सम्बन्ध लाई प्रगाढ र प्रगतिशील बनाउन माननीय परराष्ट्र मन्त्री समक्ष निम्नलिखित बुँदामा छलफल सहित ज्ञापन-पत्र बुझाईयो ।
१. सिमा समस्या समाधान गर्न पहल ।
२. अलपत्र नेपाली विद्यार्थीहरुलाई तत्काल उद्दार गर्न पहल
३. अघोषित नाकाबन्दी खुलाउन पहल
४. व्यापार घाटा समस्याको समाधानका लागि पहल
५.चिनियाँ लगानीका आयोजनामा सुस्ततामा चुस्त निर्णय लिन पहल
६. शंकास्पद चिनियाँ नागरिक लाई अध्यागमनमै कडाइ ।
जय नेपाल

कांग्रेसका विद्यार्थि नेताले परराष्ट्रमन्त्री खड्का लाई बुझाए ज्ञापन पत्र


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.