गत जेठ २८ गते आएको हावाहुरीले कैलालीको टिकापुर नगरपालिकाका कृषकको केरामा पुर्याएको क्षतिको बिमा दावी रकम रु १९ लाख ४२ हजार ६३६ रकम भुक्तानी पाएका छ्न ।
शिखर इन्स्योरेन्स कम्पनी प्रालीले भक्तानी दिएको हो ।
भुक्तानी पाउने किसानहरूमा दिपेन्द्र थारु, टिकेन्द्र धामी,योगेन्द्र बहादुर साउद,तपेन्द्र बहादुर साउद,चन्द्र बहादुर धामी,चन्द्र बहादुर धामिले भुक्तानी पाएका हुन ।
कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बि क शिखर इन्सोरेन्सका सुदुर पश्चिम प्रमुख डिल्लीराज शर्मा र बिमा समिति सुदुर पश्चिम प्रमुख ओम बहादुर अधिकारी को उपस्थितिमा बिमा दावि रकम हस्तान्तरण गरिएको शिखर इन्सोरेन्स लम्की शाखाका शाखा प्रमुख झलक बोहराले जानकारी दिनुभयो ।
