लियो क्लब अफ लम्की कैलालीले पढाइरहेका गरिब,असाहय २१ जना विद्यार्थीलाई आज छात्रवृत्ति तथा सैक्षिक सामाग्री बितरण गरिएको छ । आज भएको कार्यक्रममा लम्की चुहाकी उप प्रमुख जुना चौधरी,लम्की चुहा १ वडा अध्यक्ष नेत्र खनाल लियो कल्पना तिमिल्सेना लगायत विद्यार्थी र अभिभावकको सहभागीता रहेको थियो । लियो क्लब अफ लम्की कैलालीले केही वर्ष देखि २१ जना बालबालिका लाई पढाई रहेको लियो सर्गम ओझाले जनकारी दिएका छन् ।
