Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

भ्रष्टाचार विरुद्धको सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति उप–सभापति बडूवालको आपत्ति

भ्रष्टाचार विरुद्धको सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति उप–सभापति बडूवालको आपत्ति

User Photo शनिबार, जेष्ठ ६, २०८०
काठमाण्डौ ।

नेपाली काँग्रेस कैलाली जिल्ला उप–सभापति तथा युवा नेता भीम बडूवालले पार्टीको जिल्ला सम्मेलनमा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पछिको प्रथम कैलाली जिल्ला सम्मेलनमा उनले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न खोजेका थिए । तर जिल्ला सभापति नारायण दत्त भट्टले सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति उनले आपत्ति जनाएका छन् ।

सङ्कल्प प्रस्ताव गर्न नदिए पछि पार्टीको जिल्ला सम्मेलन बाट बाहिरीदै उप–सभापति भीम बडूवालले विरोध जनाएका छन् । कार्यक्रममा आफूलाई बोल्न आग्रह गर्दा समेत सभापति भट्टले बोल्न नदिए पछि उनले विरोध गरेको हुन् । उनले भने ‘आज सम्मका भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनुपर्ने र निर्दोष फस्नु भएन, दोषी उम्कनु भएन ।’

उपसभापति बडूवालले प्रथम कैलाली जिल्ला सम्मेलनमा नेपाली काँग्रेस कैलालीले जम्मा २ वटा प्रस्ताव लिएर गएका थिए । भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन, जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ र त्यसलाई सार्वजनिक गर्ने छ भन्ने प्रस्ताव उनले लिएर थिए ।

भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै प्रथम कैलाली जिल्ला सम्मेलनमा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव गर्दा नयाँ सन्देश दिन उनी लागी परेका थिए ।

देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यस विरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न उनी लागी परेका थिए । पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.