भ्रष्टाचार विरुद्धको सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति उप–सभापति बडूवालको आपत्ति

भ्रष्टाचार विरुद्धको सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति उप–सभापति बडूवालको आपत्ति
शनिबार, जेष्ठ ६, २०८०, काठमाण्डौ । 

नेपाली काँग्रेस कैलाली जिल्ला उप–सभापति तथा युवा नेता भीम बडूवालले पार्टीको जिल्ला सम्मेलनमा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पछिको प्रथम कैलाली जिल्ला सम्मेलनमा उनले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न खोजेका थिए । तर जिल्ला सभापति नारायण दत्त भट्टले सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको प्रति उनले आपत्ति जनाएका छन् ।

सङ्कल्प प्रस्ताव गर्न नदिए पछि पार्टीको जिल्ला सम्मेलन बाट बाहिरीदै उप–सभापति भीम बडूवालले विरोध जनाएका छन् । कार्यक्रममा आफूलाई बोल्न आग्रह गर्दा समेत सभापति भट्टले बोल्न नदिए पछि उनले विरोध गरेको हुन् । उनले भने ‘आज सम्मका भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनुपर्ने र निर्दोष फस्नु भएन, दोषी उम्कनु भएन ।’

उपसभापति बडूवालले प्रथम कैलाली जिल्ला सम्मेलनमा नेपाली काँग्रेस कैलालीले जम्मा २ वटा प्रस्ताव लिएर गएका थिए । भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन, जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ र त्यसलाई सार्वजनिक गर्ने छ भन्ने प्रस्ताव उनले लिएर थिए ।

भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै प्रथम कैलाली जिल्ला सम्मेलनमा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव गर्दा नयाँ सन्देश दिन उनी लागी परेका थिए ।

देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यस विरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न उनी लागी परेका थिए । पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

शनिबार, जेष्ठ ६, २०८० (May 20, 2023, 5:17 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै