
कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रबक्ता लभ बहादुर शाहीले लम्की बहुमुखी क्याम्पसमा अध्यायन गर्ने १४ जना विद्यार्थीहरु लाई छात्रवृत्ति प्रधान गर्नु भएको छ ।
लम्की चुहा नगरपालिका छात्रवृत्ति व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ को परिच्छेद २ क मा व्यवस्था भए बमोजिम वडा नम्बर ३ बाट लम्की बहुमुखी क्याम्पसमा अध्यापन गर्ने गरिब,बिपन्न,दलित,जनजाति र जेहेन्दार १४ जना विद्यार्थीहरु लाई २ लाख छात्रवृत्ति प्रदान गरिएको हो । वडा अध्यक्ष शाहीले यो आफुहरुले सुरुवात गरेकाले आगामी बर्ष बाट छात्रवृत्तिको रकम बढाउदै लैजाने बताउनु भयो ।
अहिले छ्नोट भएकालाइ सुरुमा वडामा निवेदन दिन भनिएको थियो आएका निवेदन हरु जाचबुझ गरि अन्तर्वार्ता लिएर छनोट गरिएको हो । स्ववियु सभपती कल्पना तिमिल्सिनाले वडा नम्बर ३ लाई धन्यवाद दिनु भयो उहाले यसै गरि अन्य वडा हरुले पनि छात्रवृत्ति पर्ने बताउनु भयो ।