Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

बिभिन्न माग राख्दै लम्की बहुमुखि क्याम्पसका प्राध्यापक द्धारा कालो पट्टी बाँधेर सांकेतिक विरोध

User Photo मङ्लबार, भदौ २६, २०८०
काठमाण्डौ ।

पेशागत सुरक्षा र हकहितका बिभिन्न माग राख्दै लम्की बहुमुखि क्याम्पसका प्राध्यापक र कर्मचारीले हात कालो पट्टी बाँधेर आज सांकेतिक विरोध जनाएका छन । क्याम्पसमा प्राध्यापनरत सहायक प्राध्यापकहरुले पेसागत हक हितका साथै आफुहरुको बढुवा र स्थाई प्रक्रिया लगायतका बिभिन्न माग राख्दै क्याम्पस प्रशासन र सञ्चालक समितिमा जानकारी गराउदा समेत बेवास्ता गरेको भन्दै आन्दोलीत भएको जनाएका छन ।

आफुहरुले पटक पटक बढुवा तथा स्थायी प्रक्रियाका सम्बन्धमा  क्याम्पस प्रशासन , प्राध्यापक संघ , कर्मचारी संघ, सञ्चालक समितिमा पहल गरिदिन मौखिक र लिखित आग्रह गर्दा पनि कुनै किसिमको सुनुवाई नभएको हुँदा क्यापस प्रशासनलाई भदौ २१ गते आन्दोलनका कार्यक्रम जानकारी गराए बमोजिम आज कालो पट्टी बाँधेर सांकेतिक विरोध कार्यक्रम गरेको जनाइएको छ ।

आफुहरुले लामो समय देखि क्याम्पसमा अध्यापन राउदा समेत आफुहरुको कामको क्याम्पसले अवमुल्यन गरेको भन्दै प्राध्यापक जनक बहादुर विष्ट, लोक प्रसाद खनाल, भीम सिंह भाट, जगत प्रसाद  तिमिल्सेना, सुकदेव काफ्ले, श्याम बहादुर  चन्द, सुष्मा सोनार, मोहन वहादुर खत्री लगायतका आन्दोलित भएका हुन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.