
राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा अरुण कुँवर निर्विरोध चयन भएका छन । असोज ३ गतेबाट सुरु भएको राष्ट्रिय युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनबाट कुँवर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएका छन ।
राष्ट्रिय युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा बम बहादुर शाही,सचिवमा प्रकाश खड्का,सह सचिवमा राम बहादुर रोकाया र दिपेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन ।त्यस्तै कोषाध्यक्षमा खगेन्द्र नाथ र महिला विभाग प्रमुखमा श्रेया सिंह निर्विरोध निर्वाचित भएका हुन ।