
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अहिले गाउँ गाउँ ठाउँमा जनताका कुरा टोल बस्तीमा पुगेका छ्न । पार्टीका अध्यक्ष रबि लामिछाने देखि अरु सांसद फरक फरक ठाउँमा पुगेर जनताका कुराहरु सुनी रहेका हुन् ।
कैलाली पुगेका सांसद सुमना श्रेष्ठ र अशोक चौधरी कैलालीको पुर्वी क्षेत्रका बस्तीका जनताका गुनासा र प्रश्न लिएर काठमाडौ फर्केका हुन ।
केही दिन देखि टीकापुरका गाउँ बस्तीमा पुगेका उनिहरु,जानकी,लम्कीचुहा बर्दगोरिकाका जनता कुराहरु,र सुझाव संकलन गरेका हुन ।
विशेष गरी कृषक,उद्यमि,र पछाडि पारिएको बर्ग सङ्ग भेटघाट लाई केन्द्रित गरेका छन् । कैलालीको लम्की स्थित मुक्त कमैया बस्ती पुगेका सांसद श्रेष्ठ र चौधरी लाई बस्तीका माग राख्दै ज्ञापन पत्र स्थानीयले बुझाएका थिए । रास्वपा नेता कृष्ण बटालाका संकलन गरिएका सुझाव लाई संसदका विषयगत समिति र संसदमा उठाउने छ्न । सांसद सङ्गै पार्टीका नेता इन्जिनियर प्रकाश बिष्ट पनि सङ्ग सङ्गै देखिएका थिए ।