नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन नजिकिए सङ्गै माहोल तातेको छ आगामी फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने अधिवेशनको माहोल तातिएको हो । अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। अधिवेशनका लागि प्रतिनिधि छनोट भइ सकेका छ्न । यश बिचमा जिल्ला अध्यक्ष को हुने भन्ने चर्चा हुन थालेको छ ।
जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ । हालका जिल्लाका उपाध्यक्ष दुर्गा जोशी र नेता यज्ञ राज ढुंगाना पनि अध्यक्षकै दौडमा छ्न । तिनै जना अहिले नेता कार्यकर्ता भेटघाटमा बेस्त छ्न ।
कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा हुने अधिवेशन पहिलाका अधिवेशन भन्दा केही फरक हुन सक्ने बुझिएको छ । पार्टीको माथिल्लो तहका अनुसार सके सम्म सहमती गर्ने तयारी गरि रहेको छ । सहमती नभए चुनाव बाटै नेतृत्व चयन हुनेछ ।
यदि चुनाव भयो भने दुई समूह हुन सक्ने आकलन गरिएको छ ।