नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीको बैठकमा दुई नेताहरू बिच माइन्यूट खोसाखोससँगै चर्काचर्की भएको छ । जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बिच जिल्ला कार्यसमिति बैठकमा माइन्यूट खोसाखोस भएको हो ।
माइन्यूट खोसाखोस हुँदा जिल्ला कार्यसमितिको बैठक नबसी स्थगित भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसे काँडामा बिहीबार राखिएको थियो । सहभागी संख्या नपुगेपछि बैठक स्थगित समेत भएको छ ।
जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति भीम बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति नारायण दत्त भट्ट सँग उप–सभापति भीम बडूवालले प्रश्न गरेका थिए ।
जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूटमा उल्लेख गर्न नसकिने सभापति नारायण दत्त भट्टको भनाई थियो । साथै सभापति भट्टले आफुले कार्वाही गरेको घुर्की समेत लगाएका थिए ।
जब सम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तब सम्म नाम माइन्यूटमा उल्लेख गर्ने उनले बताए । यता बडूवालले भने कारबाहीको लागी सिफारिस गरेको पत्र प्रदेश अनुशासन समितिमा पुगेर हामीहरू बिच एक आपसमा छलफल भएको, यस कुरालाई अगाडी नबढाउने कुरा भएको साथै सभापति भट्टले पठाएको पत्र खारेज भई समझदारी हुने गरी काम कारबाही अगाडी बढाउने भनेर पठाएको उनको दाबी छ । केही छिन बैठकमा सभापति भट्ट र उप–सभापति बडूवाल बिच बोलाबोल समेत भएको थियो ।
श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेताद्वय लोकराज पाण्डे (आगो ) र सुरत बहादुर कार्कीलाई कारबाही गरिए पछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याडमा सूचना जारी गरेका थिए । त्यसै दिन देखी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बिच खुल्ला रूपमा मतभेद हुन सुरु भएको हो ।
कैलाली जिल्ला अनुशासन समितिले भदौ २६ गते उप–सभापति भीम बडूवालले जिल्ला कार्यसमितिको पत्र,चलानी नं र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समिति सुदूरपश्चिम प्रदेश पत्र पठाएको थियो । त्यस बिचमा सुदूरपश्चिम अनुशासन समिति र एक आपसमा छलफल भएको, यस कुरालाई अगाडी नबढाउने कुरा भएको र समझदारी भए अगाडी जान निर्देशन दिएको बताइएको छ ।अनुशासन समितिका संयोजक एवम् प्रदेश कार्य समितिका कार्यवाहक सभापति लोकराज अवस्थीले यस विषयमा जानकारी नभएको बताएका थिए । बाँकी भिडियो पलपल अनलाइन मिडियामा हेर्न सक्नुहुनेछ

