
सुदुर पश्चिम प्रदेश सरकारको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा ( पातल)ले पदभार ग्रहण गरे लगत्तै सहकारी संघ-सस्थाको अनुगमन तथा निरक्षण सम्बन्धी निर्देशिका तर्जुमा प्रक्रिया अगाडी बढाउने पहिलो निर्णय गर्नु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिए लगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुगेको थापाले उक्त निर्णय गरेका हुन ।
पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या र समाधानका उपाय सहित सहकारीका विषय हरु लाई पार लगाउन यस्तो निर्णय गरेका हुन् । कंचनपुरको क्षेत्र नम्बर प्रदेश सभा१(१) बाट १२ हजार ३ सय ८५ मत मत ल्याउदै बिजय भएका थिए । कम्युनिस्ट आन्दोलनमा निकै भुमिका खेलेका थापा हक्की र निडर स्वभावका व्यक्ति हुन् । राजनिती लाई सेवाको रुपमा लिने थापा जनताको अवस्था सुधार होस् भन्ने स्वभावका नेता हुन् ।