Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

नेशनल एडभान्स कम्प्युटरमा लम्कीचुहाका ८१ बिद्यार्थीले सिके निःशुल्क कम्प्युटर

User Photo
शनिबार, अशोज १९, २०८१
कैलाली ।

आर्थिक वर्ष २०८०/०८१ मा नेश्नल एडभान्स कम्प्युटर मा ८१ जना गरिब,जेहेनदार र बिपन्न बर्गका बिद्यार्थीहरुले निःशुल्क रुपमा कम्प्युटर कोर्ष पढेका छन् । २० जना लम्कीचुहा नगरपालिका वडा नं २ बाट,१२ जना युवा संगको हाम्रो सहयात्रा परियोजना काठमाण्डौ बाट,४५ जना लम्कीचुहा नगरपालिका वडा नं ७ बाट,२ जना बालकल्याण संघ टिकापुर बाट र वडा र ७ जना सम्बन्धित बिद्यालयको सिफारिसको आधारमा नेश्नल एडभान्स कम्प्युटरले प्रबिधी संग बिद्यार्थी कार्यक्रम संचालन गरि जम्मा ८१ जना बिद्यार्थी निःशुल्क रुपमा पढाईएको नेश्नल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशक हेमन्त बहादुर शाह ले बताउनुभयो ।

उहाँले भन्नु भयो विगत ४ बर्ष देखि सो प्रोजेक्टमा सरकारी तथा गैर सरकारी निकायहरुमा आफु कन्भिन्स गरिरहेको र कतिपय ब्यक्ति तथा निकायहरुले सो प्रोजेक्टले दीर्घकालिन रुपमा फाईदा नहुने,पैसा मात्रै खर्च हुने, सानो शुल्कमा बिद्यार्थी आफै तिरेर पढ्न सक्ने तर्क समेत राखेका र आ व २०८१/०८१ मा आफ्नै संस्था रहेको लम्कीचुहा नगरपालिका वडा नं २ को कार्यालयमा शाह सो कार्यक्रमको प्रस्तावना सहित पुग्दा वडाअध्यक्ष सन्तोष कुमार ओली ज्युले सो कार्यक्रमलाई सकारात्मक रुपमा लिई २० जना गरिब, जेहेन्दार र बिपन्न बर्गका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा कम्प्युटर तालीम को लागि बजेट छुट्याउनुभयो र सो प्रोजेक्टमा नेशनल एडभान्स कम्प्युटरले वडा संग २०% कम शुल्क लिई ४ जना थप बिद्यार्थीलाई पढाएको र सो प्रोजेक्टको सुरुवात पनि सोही वडा बाट भएको भनी वडा अध्यक्ष ओली ज्युलाई धन्यवाद समेत उहाँले भन्नु भयो ।

प्रबिधी संग बिद्यार्थी कार्यक्रम चलाई लम्कीचुहाका मा वि तहका बिद्यालयमा व्यवस्थापन समिति र प्रअ संग समन्वय गरि गरिब जेहेनदार हो भनि वडा कार्यालय र सम्बन्धित बिद्यालयको सिफारिसको को आधारमा ७ जना बिद्यार्थी अध्यापन गरिएको र सो कार्यक्रम सकिए पश्चात कार्यक्रमको प्रस्तावना लिई लम्की चुहा नगरपालिका वडा नं ७ मा जाँदा वडा अध्यक्ष भगवानदिन चौधरी ज्यु पनि सकारात्मक भई ४५ जना गरिब,जेहेनदार र बिपन्न बर्गका बिद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालीम दिनुभएको र कार्यक्रम समापन पश्चात बिद्यार्थीहरुले पनि सिकाईमा राम्रो प्रतिक्रिया दिदा अध्यक्ष ज्युले धन्यवाद दिनुभएको र आफुले पनि धन्यवाद दिएको भन्नुभयो। सो वडामा निःशुल्क तालीम चलिरहेकै अवस्थामा युवा संगको हाम्रो सहयात्रा परियोजनाले नेशनल एडभान्स कम्प्युटरमा सम्पर्क गरि १२ जना कम्प्युटर एडभान्स तालीम दिएको र बाल कल्याण संग टिकापुरले पनि सम्पर्क गरि सोही समयमा १ जना बेसिक र १ जना एकाउन्ट गरि जम्मा ८१ जना गरिब ,जेहेनदार र बिपन्न बर्गका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाएको शाहले भन्नुभयो ।

उहाँले यो पनि भन्नुभयो, प्रविधीलाई बिगत १० बर्ष देखि नियाल्दै छु, म आफु प्राविधीक क्षेत्रमा होमिएको युवा भएका कारण प्रविधी अहिलेको अनिवार्य आवश्यकता हो, प्रविधी निरन्तर अपडेट भईरहेको युगमा हरेक नेपाली नागरिकले प्रविधीलाई बुझ्नुपर्ने अवस्था छ र विशेष गरि आर्टिफिसियल ईन्टेलिजेन्स ले विश्वलाई हावी गरिरहेको सन्दर्भमा सरकार,व्यवसायी,संस्था युवा र बिद्यार्थीले अनिवार्य कम्प्युटर शिक्षामा जोडिनु पर्ने अवस्था छ र म एउटा युवा भएको हिसाबले युवालाई नै प्रविधीमा प्रोत्साहन र आत्म सवालम्बी बनाउन तर्फ म लागि रहेको छु , सरकार र बिभिन्न निकायले मलाई साथ दिनु भनेको म मात्र स्वरोजगार नभई हजारौँ युवा प्राविधीक शिक्षामा सक्षम भई सयौँ युवा स्वरोजगार बन्नु,व्यवसायि,शिक्षित बन्नु हो । बिभिन्न निकायहरु संग सहयोगको अपेक्षा पनि गर्दछु र यो मेरा लागि मात्रै नभई हजारौँ बिद्यार्थी र युवाको स्वरोजगारिता तथा प्राविधिक शिक्षामा जोडिएको कार्यक्रम हो ।

लम्कीचुहा नगरपालिका वडा नं २ श्री राष्ट्रिय नमुना मा.वि मा रहेको नेशनल एडभान्स कम्प्युटरमा बार्षिक रुपमा करिब ८०० जना बिद्यार्थी अध्यापन गर्ने र जस मध्ये २०% बिद्यार्थी लाई संस्थाले बिभिन्न संस्था तथा व्यवसायहरुमा समन्वय गरि स्वरोजगार बनाईरहेको , ४०% बिद्यार्थी आफै स्वरोजगार हुने र ४०% बिद्यार्थी +२ पढ्दै गरेका र प्रविधी सम्पुर्ण क्षेत्रमा अत्ति आवश्यक भईसकेकोले निकट भविष्यमा आफु स्वरोजगार बन्नको लागि बिद्यार्थी कम्प्युटर पढिरहेका पनि शाहले बताउनु भयो ।

# कम्प्युटर शिक्षा # निःशुल्क कम्प्युटर # नेशनल एडभान्स

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.