Kanoon Post
शनिबार, माघ ५, २०८१ | January 18, 2025 |
शनिबार, माघ ५, २०८१

माल्टा नेपाल अनलाइनको सम्पादकमा पत्रकार धनराज (अविरल) चयन

User Photo
मङ्लबार, मंसिर १८, २०८१
काठमाण्डौ ।

पत्रकार धनराज विक (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएका छन् । मंसिर १६ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरेर अविरल सम्पादकमा चयन भएका हुन् ।

आइतबार बसेको माल्टा नेपाल अनलाइनको बैठकले सम्पादकको जिम्मेवारी उनलाई प्रदान गरेको हो । विगत लामो समयदेखि प्राविधिक कारणले संचालनमा नआएको माल्टा नेपाल अनलाइन अबदेखि निरन्तर संचालनमा आउने पत्रकार अविरलले बताए ।

नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा निरन्तर कलम चलाउँदै आएका छन् । कामको व्यस्ततासंगै पत्रकार अविरलले माल्टामा समाचार मार्फत आप्रवासी नेपालीका भोगाइलाई उजागार गर्दै आएका छन् । पत्रकार अविरलका साथै सम्पादकीय मण्डलमा प्रधान सम्पादकमा पत्रकार प्रकाश बगाले र बजार व्यवस्थापनमा दिनेश कार्कीलार्ई पुनः चयन गरिएको छ भने मुख्य संवाददातामा शिशिर जनाल चयन भएका छन् ।

सदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले पत्रकार अविरलको समाचार लेखनको प्रशंसा गरेका छन् । नेपाल हुँदै युरोपमा पनि सक्रिय रुपमा पत्रिकारिता गर्दै आएका अविरलले प्रवासी नेपालीका पक्षमा समाचार लेखी युरोपमा नेपाललाई चिनाउने काम गर्दै आएको बताए । इमानदार, स्वतन्त्र र निष्पक्ष छवीले सबैको लोकप्रिय बनेका पत्रकार अविरल माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएकोमा खुसी लागेको भन्दै लामो समयदेखि रोकिएको अनलाइन अबदेखि नियमित संचालनमा आउने विश्वास आफूले राखेको नागरी बताउछन् ।

शिक्षक एवम् समावसेवी कृष्ण बिकले पत्रकार धनराज अविरलको कलमले समाजमा न्यायगर्दै आएको बताए । स्वतन्त्र पत्रकारको पहिचान कायम राख्दै सत्यतथ्य समाचार मार्फत सबैको मन जित्नु भएका अविरलले खोजमूलक समाचारमा बढी कलम चलाउने गरेको बताए । अन्याय, अत्याचार, शोषण दमन, थिचोमिचो, बेथिति, विभेद र भ्रष्टाचारका विरुद्ध डिरका साथ खरो रुपमा समाचार लेख्दै आउनु भएका पत्रकार अविरलले सामाजिक न्याय र परिवर्तनका पक्षमा पनि बढी जोड दिएर पत्रकारिता गर्ने गरेको बिकले बताए । अविरलले सामाजिक रुपमा नेपाल हुँदै युरोपमा पनि प्राप्त गरेका सम्मानले उनको कुशल व्यक्तित्व र क्षमता झल्किने गरेको उनी बताउँछन् ।

नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक एवम् १४ वर्षदेखि परिवार सहित माल्टामा बस्दै आएका बाबू अर्यालले पत्रकार अविरल माल्टामा आएपछि प्रवासी नेपालीका भोगाई र गतिबिधीहरु प्राथमिकताका साथ निरन्तर समाचारमा समेटिएको बताए । अर्यालले अविरलको समाचार लेखनको प्रशंसा गर्दै कामको निकै व्यस्तताबाट समय निकालेर पत्रकार अविरल माल्टामा समाचार लेखनमा सक्रिय रहेको बताए ।

आफूलाई सम्पादकको जिम्मेवारी प्रदान गर्ने माल्टा नेपाल अनलाइन परिवारलाई पत्रकार अविरलले धन्यवाद् दिएका छन् । पत्रकार आचारसहिंताको पालना गरेर पत्रकारिता पेशाको मर्यादा जोगाउँदै पत्रकारिता गर्ने अविरलले बताए । अनलाइनलाई आगामी दिनमा पाठक वर्गको चाहना अनुसार निरन्तर प्रकाशनमा ल्याउने जानकारी दिदै पाठकको सकारात्मक सुझाव सल्लाह र सहयोगको आफूले अपेक्षा गरेको उनले बताए ।

लामोसमय देखि अनुमोदन राष्ट्रिय दैनिक र अनुमोदन खवर डट.कममा कामगर्दै आएका विक, क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव, पत्रकार महासंघ कैलाली सदस्य र पत्रकार महासंघ युरोपका कार्यसमिति सदस्य समेत रहेका छन् ।

नेपालमा लामो समयदेखि पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत रहेका अविरल सबै क्षेत्रबाट सम्मानित भइ सकेका छन् । सम्मानित भएका अविरलले २०६१ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा राष्ट्रिय दैनिक, टीकापुर राष्ट्रिय दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत उनले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका अविरलले माल्टामा पनि पत्रकारितालाई सक्रिय रुपमा निरन्तरता दिदै आएका छन् ।

User Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.