Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा बविता पाण्डेको उम्मेदवारी घोषणा

User Photoलम्की कैलाली बिहिबार, पुस ४, २०८१
काठमाण्डौ ।

नेपाल जेसिजको महाधिवेशनमा लम्की जेसिजको तर्फबाट वर्ष २०२० की शाखा अध्यक्ष जेसी बबिता पाण्डेले आगामी वर्ष २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले आफ्नो उम्मेदवारीका लागि सम्पूर्ण अग्रज, अभिभावक, शाखा अध्यक्ष, बोर्ड सदस्य, पूर्व अध्यक्ष, र नेपाल जेसिजका सम्पूर्ण नेतृत्व तथा देशभरका सदस्यहरूसँग समर्थनको अपिल गरेकी छन्।

उनले आफ्नो उम्मेदवारीप्रति सबैले देखाएको विश्वास र आशालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै मन र मतका लागि अपिल गरेकी छिन्। महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् । पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए ।
महाधिवेशनमा करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ । जसमा एक करोड भन्दा बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क लिइनेछ । बाँकी रहेको रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिकासहित विभिन्न पालिका, स्थानीय व्यापारीहरू तथा स्टलबाट व्यवस्थापन गरिने तयारी गरिएको छ । महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।



लम्की कैलाली

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.