त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’
प्रधानमन्त्रीले आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने र ढुक्क रहन पटकपटक आफन्त र शुभचिन्तकलाई आग्रह गरेको जानकारी वरिष्ठ चिकित्सक अरुण साय्मिले दिएकोनागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री ओलीलाई भिभिआइपी कक्षको ६०१ शड्ढयाबाट शल्यक्रिया कक्षमा लग्दा बिहान ९ बजेर ५७ मिनेट गएको थियो।
अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले बिहान ९ बजेदेखि प्रधामन्त्री ओलीको मिर्गौला प्र्रत्यारोपण सुरु हुने जानकारी दिए पनि तयारी गर्दा करिब एक घण्टा ढिला उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले प्रक्रिया सुरु गरेको जनाउ दिँदा १० बजेर दुई मिनेट गएको थियो।
