Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

औषधिजन्य सामग्रीमा कालाे बजारी भइरहेकाे बेला सिनेमा हलको अनुगमन

विग मुभिजलाई २ लाख ५० हजार जरिवाना

User Photo बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

बजारमा मास्क, सेनिटाइजर र औषधिजन्य सामग्रीको मूल्यवृद्धि र अभाव भइरहेका बेला सरकारी टोलले बुधबार सिनेमा हलको अनुगमन गर्यो । अनुचित व्यापारिक कारोबार गरेको भन्दै विग मुभिजलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले २ लाख ५० हजार रुपैयाँ जरिवाना तिरायो ।

‘सिनेमा हल अनुगन गर्नैपर्ने क्षेत्र हो तर हिजोआजको प्राथमिकता त्यो हैन,’ विभाग कै एक अधिकारीले भने । ती अधिकारीले भनेजस्तै हिजोआज अनुगमन गर्नुपर्ने क्षेत्र मेडिकल तथा दैनिक उपभोग्य सामग्रीको बजारमै हो । कान्तिपुर दैनिकमा समाचार छ ।

कोराना भाइरस (कोभिड–१९) ले आपूर्ति प्रणालीमा असन्तुलन ल्याउने सम्भावना देखेर व्यापारीले मेडिकल जन्य सामग्रीको मूल्यवृद्धि र अभाव सिर्जना गर्न थाले पनि त्यसलाई रोक्न सरकारले पहल गरेको देखिएको छैन । अभाव, मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्ने चेतावनी दिए पनि अनुगमन गरिएको छैन ।

बजारमा मास्क, सेनिटाइजरलगायत सर्जिकल वस्तु पाइन छाडेका छन् । कतिपय व्यवसायीले कालोबजारी गरिरहेको आशंका छ । बजार अनुगमन तथा मूल्य नियमनको दायित्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विभागले दिनहुँ अनुगमन गरेका दाबी गर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले व्यवसायीबाट कालोबजारी नभएको दाबी गरे । मास्कमा भने केही समस्या भएको उनले स्वीकारे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.