
कोरोना भाइरसबाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ ।
केही दिनअघि बजारमा मास्कको मात्रै अभाव भइरहेकोमा हाल ह्यान्ड स्यानिटाइजर समेत पाइन छोडेको र मूल्य पनि जथाभावी लिन थालिएको अलमेड सर्जिकलका सुदीप घिमिरेले बताए ।
ह्यान्ड स्यानिटाइजरको मूल्य अहिले भारतमा समेत महँगिएको उनले बताए । कोरोनाको त्रास बढेसँगै वस्तुको माग बढ्दै गएपछि अभाव हुन गई मूल्य बढेको व्यवसायी बताउँछन् ।
सामान्य अवस्थामा बजारमा प्याकेटको ३०० रुपैयाँ पर्ने पेपर मास्कको मूल्य यतिबेला २ हजार ५०० रुपैयाँसम्म पर्ने गरेको त्रिपुरेश्वरस्थित सर्जिकल पसलका सञ्चालकले बताए । एक प्याकेटमा ५० थान पेपर मास्क हुन्छ । उनका अनुसार सर्जिकल हाउसमा मास्क सकिएको २ महीना बितिसकेको छ ।
ज्वरो नाप्नका लागि प्रयोग हुने इन्फ्रारेड थर्मोमिटर समेत बजारमा आयात हुन सकेको छैन । कोरोनाको संक्रमण बढ्दै गएका बेला यो थर्मो्मिटर नै प्रयोग गर्नुपर्ने अवस्थामा यसैको अभाव रहेको कृष्ण सर्जिकल, त्रिपुरेश्वरकी सञ्चालिकाको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द