Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

मास्कलगायत वस्तुहरूको अभाव, सर्जिकल हाउसमै मास्क सकिएको २ महिना भयाे

३०० पर्ने पेपर मास्कको मूल्य २ हजार ५०० रुपैयाँसम्म

User Photo शुक्रबार, फाल्गुन २३, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसबाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ ।

केही दिनअघि बजारमा मास्कको मात्रै अभाव भइरहेकोमा हाल ह्यान्ड स्यानिटाइजर समेत पाइन छोडेको र मूल्य पनि जथाभावी लिन थालिएको अलमेड सर्जिकलका सुदीप घिमिरेले बताए ।

ह्यान्ड स्यानिटाइजरको मूल्य अहिले भारतमा समेत महँगिएको उनले बताए । कोरोनाको त्रास बढेसँगै वस्तुको माग बढ्दै गएपछि अभाव हुन गई मूल्य बढेको व्यवसायी बताउँछन् ।

सामान्य अवस्थामा बजारमा प्याकेटको ३०० रुपैयाँ पर्ने पेपर मास्कको मूल्य यतिबेला २ हजार ५०० रुपैयाँसम्म पर्ने गरेको त्रिपुरेश्वरस्थित सर्जिकल पसलका सञ्चालकले बताए । एक प्याकेटमा ५० थान पेपर मास्क हुन्छ । उनका अनुसार सर्जिकल हाउसमा मास्क सकिएको २ महीना बितिसकेको छ ।

ज्वरो नाप्नका लागि प्रयोग हुने इन्फ्रारेड थर्मोमिटर समेत बजारमा आयात हुन सकेको छैन । कोरोनाको संक्रमण बढ्दै गएका बेला यो थर्मो्मिटर नै प्रयोग गर्नुपर्ने अवस्थामा यसैको अभाव रहेको कृष्ण सर्जिकल, त्रिपुरेश्वरकी सञ्चालिकाको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.