Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

कोरानाका कारण एसईई रोक्नुपर्ने अवस्था नरहेको शिक्षा मन्त्रालयको दाबी

स्वास्थ्य मन्त्रालयले दिने सुझावको आधारमा शिक्षा मन्त्रालय अगाडि बढछ- मन्त्री

User Photo आइतवार, चैत्र २, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसईई परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ । कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नु पर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अविभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरू भनाई रहेको छ ।

परीक्षा रोक्ने , विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यतावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसईई रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन हुनुपर्ने बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरूलाई त्रास फैलाएर एसइइ परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले पनि वर्तमान परिस्थितिको आँकलन गरेर परीक्षा रोक्ने सुझाव नदिएको भन्दै उहाँले परीक्षा नरोकिने प्रष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले दिने सुझावको आधारमा शिक्षा मन्त्रालय अगाडि बढ्छ । उहाँले उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको समितिले अन्तिम निर्णय गर्ने जानकारी दिदै अन्यत्र खुला गरेर परीक्षा रोक्दा विद्यार्थी र अविभावकमा नकारात्मक असर पर्ने बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.