नबोल्ने पशुपक्षी र प्राणी भोकभोकै र सशङ्कित

आइतवार, चैत्र २३, २०७६, काठमाण्डाै । 

लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।

बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवाले चारा खान पाएका छैनन् । कतिपयले आफ्नै घरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेका छन् ।

होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति र स्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकले घरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् । आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।

काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् । पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी र प्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् । कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै