Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

नेपाली भूमि अतिक्रमणकाे मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग

User Photo सोमवार, बैशाख २९, २०७७
काठमाण्डाै ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाए।

पूर्वउपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा निन्दा र भत्र्सना गर्दै अन्तर्रा्ष्ट्रिय कानुन र असल छिमेकी नीतिविपरीत भारतले नेपाली भूमि कब्जा गरेको बताए। नेपाली भूमि समेटेर नक्सा सार्वजनिक नगरेकोे भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए। नेकपाकै सांसद कृष्णभक्त पोखरेलले नेपाली भूमि फिर्ता गर्न भारतले नचाहे नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए।

प्रमुख विपक्षी दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले नेपाली भूमि मिचेर भारतले सडक बनाएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताए। भारतको दादागिरी र चीनको अन्यायको प्रतिरोध गर्न सिंगो नेपालीलाई साथमा लिएर कांग्रेस सबैभन्दा अगाडि रहने थापाले बताए।

पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले डिप्लोमेटिक नोट मात्र काफी नहुने भन्दै भारतसँग सबै उपाय अपनाउनुपर्ने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.