Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

घटना लुकाउन भारतमा बलात्कारपछि हत्या गरिएकी नेपाली बालिकाकाे लास जलाउन लगाइयाे

User Photo सोमवार, फाल्गुन ३, २०७७
काठमाण्डाै ।

भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए।

‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो’, उनले भने, ‘भारतीय मिडियाले पनि बलात्कारको घटना भन्दै महत्त्व दिएका छन्।’

नेपालबाट आमा आएपछि शव जलाउने भन्दा पनि घरबेटीलगायतले नमानेको आफन्त कर्णबहादुर सोनीले सुनाए। बालिकाको शव जलाएपछि त्रासका कारण नेपाल फर्किएका सोनीले भने, ‘उल्टै घरबेटीले अर्को दिन कोठा खाली गराए। खाली कागजमा मृत्युबारे हस्ताक्षर गराएर शव जलाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो।’

बर्दियाको बारबर्दिया नगरपालिका–३ खुरखुरे फाँटाकी सुमित्रा विहार राज्यअन्तर्गत मोतीहारीको चैनपुरमा माघ ८ गते मृत फेला परेकी थिइन्। ‘घटना रहस्यमय देखिन्छ। चुकुल लगाएको कोठाभित्र मृत भेटिएको थियो। खुट्टाको एकतिरको लुगा खोलिएको अवस्थामा थियो’, दिदी लक्ष्मीदेवी विकले भनिन्, ‘घाँटीमा नीलडाम देखिएको र छिटो–छिटो शव जलाउन स्थानीयले दिएको दबाबबाट पनि घटना गराएको प्रस्टिन्छ।’ घटनापछि आमाबुवालाई धम्की दिइएको उनले बताइन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.