
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी (स्टार चार्ज) कम्पनीलाई छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीलाई चार्जिङ स्टेशन बनाउने ठेक्का दिन छनोट गरेको हो ।
चार्जिङ स्टेशन बनाउन १३ कम्पनीले टेन्डर दिएका थिए । तिनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए । तीमध्येबाट स्टार चार्जलाई छनोट गरिएको हो । प्राधिकरणअन्तर्गतको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाका प्रमुख सागरमणि ज्ञवालीले स्टार चार्जलाई आयोजना निर्माणको ठेक्का दिने निर्णय भएको बताए ।
उक्त कम्पनीलाई यसका लागि लेटर अफ इन्टेन (एलओआई) पनि दिइसकेको बताए । अब यही मार्चभित्र नै कम्पनीसँग ठेक्का सम्झौता हुने उनको भनाइ छ । ठेक्का सम्झौता गर्न उक्त कम्पनी बैंक ग्यारेन्टी लिएर नेपाल आउनुपर्ने छ ।
ज्ञवालीका अनुसार चार्जिङ स्टेशनमा आवश्यक पर्ने सामग्री खरीद र निर्माणको सबै काम कम्पनीले नै गर्नेछ । यस काममा प्राधिकरणले ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो । तर, कम्पनीले त्यो भन्दा २३ प्रतिशत कम अर्थात् ३८ करोडमा नै आयोजना बनाउने गरी प्रस्ताव पेश गरेको ज्ञवालीको भनाइ छ ।
ठेक्का सम्झौता भएको केही दिनमै आयोजनाको शिलान्यास हुने र १ वर्षभित्र आयोजनाको निर्माण सम्पन्न हुने उनले बताए । ‘हामीले ६ देखि ८ महीनाभित्र नै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं । तर, प्राविधिक तयारी पूरा गर्दा बढीमा १ वर्षसम्म लाग्न सक्छ,’ उनले भने ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द