Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

सरकार र जसपा सहमति नजिक, सत्ता सहकार्य गर्ने स्थिति बनेकाे जसपाकाे भनाइ

User Photo मङ्लबार, चैत्र १०, २०७७
काठमाण्डाै ।

नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ ।

जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन् । एक डेढ महिनायता उनीहरुबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ ।

जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरु सुवास नेम्वाङ र राजन भट्टराई छन् । जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ । शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट हुन् । ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए । कार्यदल सहमति नजिक पुगेको स्रोतको भनाइ छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.