Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

तीजका दिन काठमाडौँमा यी ठाउँमा हुँदैछन् सवारी साधन प्रवेश निषेध, यस्तो छ नयाँ रुट

User Photo मङ्लबार, भदौ २६, २०७५

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीजका दिन पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुट व्यवस्थापन गरेको छ। महाशाखाले बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाएको छ। भने अन्य क्षेत्रमा निश्चित स्थान तोकेको छ।

महाशाखाका अनुसार नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरिएको  छ।

यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ।

रातोपलु गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ।

श्ंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ।

तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइएको छ। यस्तै, नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ। पानी ट्याङ्करलाई पनि उक्त रुटमा रोक लगाइएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थी, तीर्थयात्री तथा पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको छ। सरकारी सवारीसाधनलाई प्रहरी प्रभाव गौशालामा पार्किङको व्यवस्था गरिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.