Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

‘निजी अपार्टमेन्ट नै यौन व्यवसायको केन्द्र

User Photo मङ्लबार, पुस १५, २०७६
काठमाण्डाै ।

काठमाडौँ । पछिल्लो समय दलालहरुले निजी घर तथा अपार्टमेन्टहरु भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्न थालेको माइती नेपालले जनाएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी माइती नेपालका अध्यक्ष विश्वराम खड्काले मानव बेचबिखन तथा ओसारपसारले नयाँ रुप लिन थालेको बताए । भारतको विभिन्न सहरका कोठीहरुमा यौन शोषणका लागि नेपाली किशोरीहरु बेचबिखन हुने गरेको हाल आएर निजी घर र अपार्टमेन्टहरु समेतलाई भाडामा लिइ यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालहरुले अपनाउन थालेको उनको भनाइ छ ।

यौन व्यवसाय सञ्चालनमा नयाँ तरिका अपनाउन थालेका कारण हराएका महिला तथा बालबालिकाहरुको अवस्था पहिचान, उनीहरुको खोजतलास र उद्धारमा जटिल अवस्था निम्तिएको उनले जनाए । सामाजिक सञ्जालहरु फेसबुक, इमो, ह्वाट्स एप, भाइबर, मेसेन्जर लगायतका माध्यमबाट दलालहरुले आफ्नो सम्पर्क संयन्त्रलाई दिनानुदिन सहज बनाएको टिप्पणीसमेत उनले गरे ।

माइती नेपालले सन् २०१९ भरी दुई हजार चार सय ८५ जनालाई जोखिमपूर्ण यात्रामा रही नेपाल–भारत सिमाना क्षेत्रबाट उद्धार गरिएको जनाएको छ । यो अवधिमा दुई हजार तीन सय ४९ जनालाई परामर्शसहित पारिवारिक पुनर्मिलन गराइएको, बेचबिखनमा परी श्रम तथा यौन शोषणमा रहेका तीन सय २२ जनालाई भारतबाट र १६ जनालाई खाडीबाट उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

आन्तरिक बेचबिखनबाट ४४ जनालाई विगत एक वर्षमा उद्धार गरिएको छ । यस्तै, खोजतलास तथा उद्धारका लागि एक हजार ८ सय ६७ निवेदन परेकोमा ४३५ जनालाई फेला पारिएको माइती नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.