Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

यस्ताे छ सरकारकाे नयाँ टेस्टिङ गाइडलाइन, क्वारेन्टाइन बसेका सबैकाे परिक्षण नगरिने

User Photo शुक्रबार, जेष्ठ २३, २०७७
काठमाण्डाै ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ।

पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु हुनेछन्। यो समूहमा परेका मानिसहरुको छिटो स्वाब संकलन गरी आरटी- पीसीआर विधिबाट परीक्षण गरिनेछ।

दोस्रो प्राथमिकतामा परेका समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टापहर रहनेछन् ।

त्यसैगरी तेस्रो प्राथमिकतामा लक्षण भएका तर माथिका प्राथमिकता समूहमा नपरेका व्याक्तिहरु पर्नेछन्। त्यसैगरी कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफै परीक्षण गराउन पुग्नेहरु टेस्टिङ प्राथमिकतामा पर्ने छैनन् ।

संक्रमण भए नभएको आरटी पीसीआर माध्यमबाट टेस्ट गरिनेछ भने समुदायमा मास स्क्रिनिङ गर्न र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिनेछ।

मानिसलाई ज्वरो, श्वासप्रसवासमा समस्या, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको छ भने आरटी-पीसीआर माध्यमबाट परीक्षण गरिनेछ। ज्वरो आउने, श्वासप्रस्वासमा समस्या भएका दीर्घरोगीहरुलाई पनि आरटी-पीसीआर गरिनेछ।

अस्पतालमा भर्ना भएका र तत्काल सर्जरी गर्नु पर्ने मानिसको सर्जरी गर्न आरटी-पीसीआरको रिपोर्ट नकुर्न भनिएको छ। स्वाब झिकेर ल्याबमा पठाएर अपरेसन गर्ने नयाँ गाइडलाइनमा उल्लेख छ।

त्यसैगरी फ्रन्ट लाइनमा काम गर्ने स्वास्यकर्मी, एम्बुलेन्स चालक र सफाइ कर्मचारीहरुलााई श्वासप्रश्वासमा समस्या भए र लक्षण देखिए आरटी-पीसीआर गर्ने भनिएको छ।

क्वारेन्टिनमा बसेका र लक्षण देखिएकालाई आरटी- पीसीआर गर्ने नयाँ गाइडलाइनमा उल्लेख छ। तर, क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या, कोभिडको कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने भनिएको छ। तर, हाललाई यस्ता केसहरुई आरडीटी गर्ने भनिएको छ।

त्यसैगरी लक्षण नदेखिएका मानिसहरु १४ दिन आइसोलेसनमा बसे भने उनीहरुको परीक्षण गर्नु नपर्ने भनिएको छ। लक्षण देखिएर १४ दिन आइसोलेसनमा बसेकाहरुको पछिल्लो तीन दिनसम्म कुनै लक्षण देखिएन भने पनि टेस्ट आवश्यक नभएको गाइडलाइनमा उल्लेख छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.