Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

तातोपानी नाका दसैँपछि मात्र खुल्ने

User Photo बुधबार, कार्तिक ५, २०७७
काठमाण्डाै ।

तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । सम्भवतः दसैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सार प्रमुख लालबहादुर खत्री बताउँछन् ।

तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो ।

अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको भन्सार प्रमुख खत्रीले बताए ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

‘अब नेपाली श्रमिकहरु चीनतर्फ जानुनपर्ने भयो, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन्,’

नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनिया पक्षले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्नेगरी तयारी गरिएको छ । यसरी सामान ढुवानी गर्दा दिनमा ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आउनेछन् ।

यता रसुवागढी नाका भने नियमित सञ्चालनमा रहेको रसुवागढी भन्सारले जनाएको छ । यो नाका भएर दैनिक ६ वटा चिनियाँ कन्टेनरहरु आईरहेको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले जानकारी दिए ।

नाकाबाट औषधि तथा खाद्यवस्तु आयातका लगि पहिलो थमिकता दिएको खड्काले बताए । यस्तै विकास निर्माणका सामान तथा औजार र उपभोग्य वस्तुहरुको आयात पनि निरन्तर रहेको भन्सार कार्यालयले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.