Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

डा. बाबुराम भट्टराई देशले चिन्ने एक ब्राण्ड एम्बेस्डर

शुक्रबार, असार ५, २०७७
लम्की, कैलालि ।

अघिल्लो महिना डा. बाबुराम भट्टराईले संसदमा आफ्नो नामको पछाडी कामी लेखाउछु भने। प्रतिकृयामा उनले राम्रो टिप्पणी पाउँछन् जस्तो लागेको थियो। तर यहाँ त्यस्तो भएन कतिपयले “बाहुनको नाक काट्यो”, “पहिला हिसिलाको जात फेरेर देखाउनुस”, “बाबुराम जी मानसिकता बदल्नुस जात बदलेर हुन्न” पनि भने ।

गाउँघरमा अझैपनी कथित दलितको घरबाट दुधजन्य पदार्थ कुनै गैरदलितले खरिदबिक्री गर्न सक्ने स्थिति छैन । मन्दिरमा कुनै दलित पुजारी रहेको उदाहरण पाईदैन, ब्राह्मणलाई भाडाकुडा बनाउने काममा लाग्न सक्ने परिस्थिति छैन ।

उनले नेपाली जनताको मानसिकता बदल्नकै लागि आफ्नो जीवन समर्पित गरिरहेका छन। पहिले प्रधानमन्त्री हुदा दलितको घरमा खाना खाएर मानसिकता बदल्न खोजे । अहिले “नामको पछाडी कामी लेख्ने” प्रस्ताव राखे, याे कुनै हुनै नसक्ने र गर्नै नसकिने कुरा थिएन ।

समाजवाद मार्फत समानताको जग बसाउन उनी आफ्नो थर कामी लेख्छन, अन्तरजातीय बिवाह गर्छन, दलितको अधिकार मात्रै हैन वर्गीय खाडल चिर्न त्यत्रो उर्जाशिल समय क्रान्ति गर्छन ( क्रान्ति सफल नहुनु र हुनुको अर्को बिस्लेश्ण होला) भने साथिहरुले खै कसरी मानसिकता बदल्न सुझाव दिन सक्छन ?

गोर्खाको खोप्लाङमा २०११ सालमा जन्मिएर २०२६ को एसएलसी परिक्षामा नेपाल टप भएर, अमृत साईन्स क्याम्पस हुदै भारतमा विद्यावारिधी गरेका डा. बाबुराम भट्टराई नेपाली राजनीति वृत्तमा बुद्धिजीवी, अन्तर्राष्ट्रिय समुदायमा बढी चिनिने नाम हो। विश्वका कतिपय प्रख्यात बिश्वविद्यालयले बिकास र समृद्धिका बहसमा डा. भट्टराईको समय खोजेका हुन्छन।

औपचारिक रुपमा नेपाली राजनिती मसालबाट सुरु गरेका भट्टराई नेकपा माओवादी हुँदै अहिले आठौं पार्टीका रुपमा जनता समाजवादी पार्टीका नेता बनेका छन, उनलाई भावनात्मक एकताका सुत्रधार मान्ने तप्का पनि ठुलै छ। बेला बेला भारत परस्त भन्ने आरोप खेपिरहेका डा. भट्टराई, अर्थमन्त्री हुँदा युवा स्वरोजगार कार्यक्रमबाट र प्रधानमन्त्री हुँदा मुस्ताङ गाडी चढेर नेपाली उत्पादनलाई प्रबर्द्धन गर्ने प्रधानमन्त्री भनेर चर्चामा आए। राजनीतिमा चतुर नभएपनि नेपाली जनताले अहिलेसम्म कै बिकासबादी र बिज्ञ प्रधानमन्त्रीका रुपमा भट्टराईलाई लिदै आएका छन।

बिज्ञापन र सचेतनाको सिदान्त लागू गर्दै विद्यमान छुवाछूत र विभेदकारी सामाजिक संरचनालाई परिवर्तन गर्न उनी अगाडि आउनु राष्ट्रका लागि राम्रो सुचक थियो। विश्वका प्रायजसो सचेतनामुलक सन्देशहरु चर्चित धर्मगुरु, नेता, मन्त्री, मुख्यमन्त्री राष्ट्रप्रमुखद्वारा किन आह्वान गरिन्छ ?

बर्तमान राष्ट्रप्रमुख र राष्ट्राध्यक्षलाई त कहिले कार्पेट फेर्न कहिले किड्नी फेर्न दिन बित्छ । किन समाजका आदर्श ब्यक्तित्वलाई अगाडि सारिन्छ, यस्ता सन्देशहरु प्रवाह गर्न ? किनकी बढी प्रभावकारी हुन जान्छ। छिटो मानिसको मानसिकतामा छाप पार्छ र दीर्घकालिन परिवर्तन ल्याउछ । भट्टराईलाई कसैले मान्नुस या नमान्नुस उनी देशले चिन्ने एक ब्राण्ड एएम्बेस्डर हुन ।

नेपालमा पनि निजि तथा सार्वजनिक कम्पनीका प्रचारहरु किन चर्चित सेलिब्रेटी मार्फत गराईन्छ ? बर्तमान राष्ट्रप्रमुख र राष्ट्राध्यक्षलाई त कहिले कार्पेट फेर्न कहिले किड्नी फेर्न दिन बित्छ । किन समाजका आदर्श ब्यक्तित्वलाई अगाडि सारिन्छ, यस्ता सन्देशहरु प्रवाह गर्न ? किनकी बढी प्रभावकारी हुन जान्छ। छिटो मानिसको मानसिकतामा छाप पार्छ र दीर्घकालिन परिवर्तन ल्याउछ । भट्टराईलाई कसैले मान्नुस या नमान्नुस उनी देशले चिन्ने एक ब्राण्ड एएम्बेस्डर हुन ।

सामाजिक तथा आर्थिक संरचना परिवर्तन नगरी देश बिकासको कल्पना सम्म गर्न सकिँदैन भन्ने मानसिकता बोकेका भट्टराई परिवर्तनका समबाहक हुन। यो संरचना खारेज गरि नयाँ संरचनात्मक जग बसाल्न प्रत्यक नेता, सरकारी कर्मचारी, कलाकार, पत्रकार, धर्मगुरु, युवा आदिले आ-आफ्नो ठाउँबाट थोरै मात्र प्रयत्न गर्ने हो भने विद्यमान सामाजिक संरचना खारेज हुनेछ, त्यसमा दुईमत छैन।

सामाजिक संरचना हाम्रो आर्थिक बिकासको बाधक बनेको छ। पछिल्लो समयमा नेपाली जनजीवनमा केही हदसम्म सचेतना आएर सामान्यिकरण भएपनि सुनको काम ग्रामीण क्षेत्रमा ब्राह्मण जातिले गर्न रुचाउदैन, लोहाको काम क्षेत्रिले सहजै गर्न सक्दैन, ब्राह्मणका घरमा सिलाई मसिन राख्नलाई त्यति सहज लिईदैन ।

अहिलेकाे विभेदपुर्ण सामाजिक संरचनाले एकातिर बेरोजगारी बढाउन सहयोग गरेको छ भने अर्कातिर अपराधको बिज रोपेको छ। यहि संरचनाका उपजका रुपमा सोती जस्ता घटना बेला बेला बाहिरिन्छन । यसको पछाडिको एउटामात्र कारण हाम्रो सामाजिक संरचना हो। यसले समाजमा एक किसिमको मनोसामाजिक समस्या समेत बढाएको छ।

गाउँघरमा अझैपनी कथित दलितको घरबाट दुधजन्य पदार्थ कुनै गैरदलितले खरिदबिक्री गर्न सक्ने स्थिति छैन । मन्दिरमा कुनै दलित पुजारी रहेको उदाहरण पाईदैन, ब्राह्मणलाई भाडाकुडा बनाउने काममा लाग्न सक्ने परिस्थिति छैन ।

यसले एकातिर बेरोजगारी बढाउन सहयोग गरेको छ भने अर्कातिर अपराधको बिज रोपेको छ। यहि संरचनाका उपजका रुपमा सोती जस्ता घटना बेला बेला बाहिरिन्छन । यसको पछाडिको एउटामात्र कारण हाम्रो सामाजिक संरचना हो। यसले समाजमा एक किसिमको मनोसामाजिक समस्या समेत बढाएको छ। सबैले आ-आफ्नो तह र तप्काबाट जागरुक भएर अघि बद्ढ्ने हो भने एक दिन ब्राह्मणले दलितको घरबाट दूध खान सक्ने छ, फलाम पिट्न सक्ने छ, अनि दलित मन्दिरको पुजारी हुन सक्नेछ। समाज रुपान्तरणको तपाईंको अभिभारा देशले अनुभव गर्न पाओस जन्मदिनको शुभकामना छ डा. बाबुराम भट्टराई !


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.