Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

आज हजुरले हिंसा सहनु भयो दबिएर बस्नुभयो भने आवाज कस्ले उठाउने ?

म भन्छु कसैले दुर्व्यावहार गरिहाल्यो भने तुरुन्तै त्यस्को समाधान खोजि हाल्नुपर्छ

User Photo आइतवार, साउन ११, २०७७
चितवन ।

सडक देखि सदन सम्म, कक्षाकोठा देखि सुत्ने खाट सम्म, बच्चा देखि बृद्ध सम्म, भान्छा देखि गोठ सम्म, हरेक किसिमबाट हिंसामा छन् नारी । देशमा विभिन्न घटना हरू घटिरहेका छन्। कहिले सम्म हिंसाको सिकार हुने ?

संविधानमा महिलाको हिक प्रतिशत (%) राखेर मात्र हुदैन । नेपाल आमाकी छोरीहरूलाई सुरक्षित भयको महसुस हुन अावश्यक छ । हरेक महिलाले अावाज उठाउन सक्दैनन् किन कि तिमी हरू बोल्नु हुदैन किनकी नारी हो भनी सिकाइको हुन्छ । केटी मान्छेलाई यो गर्न हुन्छ त्यो गर्न हुदैन, त्यहीँ जानू हुन्छ उहाँ जानू हुदैन , यो बोल्नु पर्छ त्यो बोल्नु हुदैन , यो गर्ने त्यो नगर्ने हरेकबाट सिमा रेखा राखियक‍ो हुन्छ ।

हाम्रो समाजमा यस्तो वातावरण छैन कि कसैले नराम्रो व्यवाहार गर्यो भने कसैलाई भन्न सक्दैनन् । भनी हाल्यो भने पनि सिधै यहीँ उत्तर आउछ  तिमी छोरी मान्छे हो आफै बचेर हिड्नु हरेक छोरी छन् जो विभिन्न बहानामा विभिन्न पुरूष हरूको दुर्ववहारमा परिरहेका छन् । चाहेर पनि आवाज  उठाउन सकेका छनैन्न नारीलाई डर समाजको छ परिवारको छ । आफै सोच्नु होस् त आवाज हजुरले हिंसा सहनु भयो दबिएर बस्नुभयो भने आवाज कस्ले उठाउने। अनेकौं पीडा लुकायर बसेका महिलाहरूको अवस्था के होला ।

जवानी हुदा सेक्सी, भन्दै खिल्ली उठाउछन्, जब तेही नारी बृद्ध हुन्छ तेसपछि बोक्सी भनेर जिउँदै जलाउछन्, कयौं बलत्कार पछि मारिन्छन्, कोही आँखाको हेराइको सिकार हुन्छन्, हरेक किसिमले अनेक बहाना बाट लुटिन्छन् । अनि कानुन भन्दा ठूलो यहाँ दल पैसा हुदैन कानुनले आफ्नो पराई छुटाउदैन भनेर कानुनको आँखा पट्टी बाधिएको भनेर भनिन्छ तर यहाँ त पैसा र पावरले न्याय बेचि रहेका छन् , हरेक बाबुआमालाई आफ्नो छोरा छोरीको माया हुन्छ आफ्नो छोराछोरीलाई पिडामा देख्न नसक्ने बुबाआमाले सबैलाई आफ्नो परिवारको सदस्य मान्ने हो भने सायद कोहीले हिंसा सहनु पर्दैन।

हामीलाई संविधानको हक अधिकार होइन हरेक पुरूष सोचाइ हेराइ सकरात्मक होस्। देशमा फाँसीको कानुन ल्याई हरेक पिडितको मुहारमा खुसी ल्याइदेउ सरकार, सन्धर्भ समाजमा घटिरहेको घटना।

म भन्छु कसैले दुर्ववहार गरिहाल्यो भने तुरुन्तै तेस्को समाधान खोजिहाल्ने, नत्र एक दिन मात्र होइन सधै दुर्ववहारको सिकार भईन्छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.