
केही दिन अघि मेराे बारेमा एउटा अनलाईनमा सामाग्री प्रकाशित भयाे । जुन सामाग्रीका आधारमा जनमानसमा मेराेबारे भ्रम फैलियाे । अहिले पनि उक्त सामाग्रीकै आधारमा कतिपयले गलत धारणा बनाइ चर्चा गरिरहेकाे हुदा यस बारेमा सत्य कुरा बाहिर ल्याउन आफ्नाे धारणा मिडिया मार्फत राख्न बाध्य भएकाे छुँ ।
मेराे बारेमा मलाइ नजिक बाट चिन्ने धेरैलाई थाहा नै हाेला भन्ने आसा गरेकाे छु साथै यस्ता भ्रामक सामाग्रीका कारण भ्रमित नहुन समेत अपिल गर्दछु । म संग परिचित सम्पुर्णलाई यस्ता सामाग्रीहरूले कुनै असर नगर्नेमा विश्वस्त पनि छु तर भ्रम फैलाउन नै लागी पर्नेहरूका लागी भने केही सत्य कुराहरू राख्नै पर्ने विवशता आएकाे छ ।
म सामाजिक पद धारण गरेकाे र राजनैतिक व्यक्ति हुँ । यसका साथै जनताकाे प्रतिनिधि पनि । त्यसैले केही बदनाम गराउन लागी पर्नेहरूबाट बेलाबेलामा यस्ता कुप्रचारहरू बाहिर आउछन नै तर आफुमाथि लागेका मिथ्या आराेपकाे खण्डन नगर्दा यसले आम जनतामा सन्देह पैदा गर्दछ, शंका उब्जाउछ । यही सन्देहकाे निवारणका लागि आफैले केही कुरा राख्ने प्रयास गरेकाे छुँ ।
प्रकाशित सामाग्रीमा सत्यता छैन्र
प्रकाशित समाचारमा मैले अकुत सम्पती आर्जन गरेकाे आराेप लगाइएकाे छ । जुन कुरा पुर्णरूपमा असत्य हाे । मैले राजनीतिक जिवनमा प्रवेश गरेदेखी नै आर्थिक पारदर्शितालाई कायम गरेको छृु ।
मेरो बृुवा र आमा म सानो छँदा स्वर्गवास भएता पनि मेरा दाजृुहरुले मेरो शिक्षामा कृुनै अपृुग हृुन दिनृु भएन । खाली खृुट्टा काठमाण्डौ आएका जस्ता स्तरहिन टिप्पणी आफैमा हास्यास्पद छ । मैले अनियमितता गरि कृुनै सम्पती भोग चलन अथवा आर्जन गरेको भएमा राज्यका सम्बन्धित निकायमा उजुर गर्न पाउनु नागरिकको कर्तव्य पनि हो । यो सम्बन्धमा पत्रकार अनभिज्ञ हुने कुरै हुदैन र यदी जानकारी छैन भने पत्रकार साथीहरूले बुझ्दा हुन्छ ।
यस बारेमा गलत नियत राखी तथ्यलाई तोडमोड गरि सत्य देखाउन खोजिएको कार्य खेदजनक छ । मैले किनेको भनेको जग्गा नेपालको प्रचलित कानृुनको अधिनमा रहि रजिष्ट्रेशन पास गरि लिएको जग्गा हो । यस सम्बन्धमा कुनै गैरकानुनी कार्य गरेको भएमा सो सम्बन्धमा सम्बन्धित निकायमा उजुरी गर्न चुनौती दिन चाहन्छृु ।
प्रसारित सामाग्री तथ्यहिन यसकारण छ

सांसद- झपट बहादुर रावल
मैले कैलाली जिल्लाको लम्कीचृुहा न. पा. वडा नम्बर ४ मा चुनावताका बयाना गरि पछि पास गरिएको ३ कठ्ठा जग्गा बाहेक म निर्वाचित भएदेखि अहिलेसम्म अरु कुनै पनि घर जग्गा खरिद गरेको छैन । कानुन बमोजिम राजश्व तिरि किनेको सो जग्गालाई राजश्व छलि गर्याे भनी समाचार लेख्नृु तथ्यहिन विषय हो ।
सोहि स्थानमा अन्य व्यक्तिहरुले पनि जग्गा खरिद गरेका र निजहरुले के कति राजश्व तिरेका रहेछन् भनि हेर्न सकिने विषय हो । अन्य व्यक्तिहरुले तिरेको राजश्व र मैले तिरेको राजश्वमा फरक देखाउन र प्रमाणित गर्न समेत चुनौती दिन चाहन्छृु । नेपाल सरकारलाई तिर्ने कर जनप्रतिनिधिलाई फरक भन्ने पनि हुन्छ र ?
समाचारमा मैले लम्कीचुहा न. पा. ५ भल्कामा जग्गा लिएको भनिएको छ, त्याे सत्य हाेइन । सामान्य ठेगाना समेत गलत दिने र लेख्ने पत्रकारले समाचार लेख्दा कति सम्म झुटो लेख्यो होला सहजै अनुमान गर्न सकिने विषय हो । समाचार लेख्दा कति सम्मको अध्ययन कसरी गरिएको रहेछ यसैबाट समेत पुष्टि हुन्छ ।
यसबाट पत्रकारिताको नाममा आर्थिक प्रलोभनमा परि हुदै नभएको झुटो समाचार लेखिएको भन्ने सहजै अनृुमान गर्न सकिन्छ । व्यक्तिको चरित्र हत्या गर्नको लागि जग्गाको आफुखुसी स्थान, आफुखुसी मुल्य तोक्ने अधिकार पत्रकारलाई पनि हुदैन । नेपालको प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले जग्गाको मृुल्याङ्कन गरि बेचबिखन गर्दा राजश्व तिर्नुपर्ने व्यवस्था गरेको हुन्छ । नेपालको प्रचलित कानुन भन्दा माथि रहि पत्रकारिताको नाममा तथ्यहिन समाचार लेख्ने कार्य खेदजनक छ ।
कैलाली जिल्लाको रानी जमरा कुलरीया सिंचाईमा मेरो कृुनै पनि प्रकारको गलत संलग्नता रहेको छैन । संलग्नता पुष्टि गर्न समेत चुनौती दिन चाहन्छु । सरकारी जग्गा कब्जा गर्ने विषय मैले कल्पना गर्न पनि नसक्ने विषय हो । मैले सरकारी जग्गा कब्जा गरेको हो वा होइन भन्ने कुरा सामान्य कानुनको जानकार भएको व्यक्तिले छुट्याउन सक्ने विषय हो । वास्तविक पत्रकारले नेपाल सरकारका सम्बन्धित निकायमा सोधपुछ गरि प्रमाणिकताको आधारमा समाचार लेख्नु पर्दछ ।
शैलेश्वरी नर्सिङ्ग कलेजमा मैले आफुले लगानी गरेको छु । कलेज संचालकहरुलाई बाध्य गरि शेयर लिएको भन्ने विषय झुटाे र भ्रामक रहेको छ । सो सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट जारी भएको शेयर लागत हेर्दा नै लगानीको स्रोत स्पष्ट हुन्छ । मैले आफ्नो पदको दुरुपयोग गरि शैलेश्वरी नर्सिङ्ग कलेजलाई सम्बन्धन दिलाउने कुनै पनि काम गरेको छैन । प्रचलित कानुनको अधिनमा रहि सम्बन्धन लिने तथा उद्देश्य अनुरुप कार्य संचालन गर्न कलेजले नै पाउने विषय हो । म स्वकीय सचिव हुँदा कलेजले कृुनै पनि प्रकारको सम्बन्धन लिएको छैन । तथ्यहिन, भ्रामक समाचारको जति नै खण्डन गरेपनि कमै हुन्छ ।
म निर्वाचित भएको क्षेत्रमा मुक्त कमैया, वादी समुदाय, सुकुम्बासी लगायत धेरै समस्या रहेका छन् । मैले मेरो तर्फबाट संसदमा समस्या समाधानका लागि निरन्तर आवाज उठाउदै आइरहेको छु । पत्रकारिता गर्ने जो कोहिले पनि मैले समस्या समाधानका लागि खेलेका भुमिका खोजि गर्न सक्ने विषय नै हो ।
मेरो क्षेत्रका नागरिकलाई भ्रम सिर्जना गरि म प्रतिको विश्वास कमजोर बनाउन जति नै कोशिश गरे पनि त्यो प्रयास निरर्थक हुनेछ । मैले कुनै प्रकारको महल ठड्याएको पनि छैन । पत्रकारिताको सामान्य समझ भएको व्यक्तिले पनि पत्रकारिताका आधारभुत सिद्धान्त पालना गरेको हुन्छ । तथ्य नै नहुँदा पनि जवरजस्ती तथ्य बनाउने प्रयास प्राथमिक दृष्टिमै खोटपुर्ण छ।
सार्वजनिक सम्पत्तिको रक्षाको लागि मैले निरन्तर आवाज उठाउदै आएको छृु । सांसद रावलले काठका ठेकेदार मार्फत् ४ करोड लगानी गरेको भन्ने आरोप निराधार, कपोकल्पित, र भ्रामक रहेको छ । मैले कल्पना पनि गर्न नसक्ने विषयलाई राजनीतिक रुपमा म सँग रिसिवी साँध्नेहरुको स्वार्थमा समाचार लेखिनु निन्दनीय छ ।
आरोपको पुष्टि गर्नुहोस्, राजनीतिक जीवनबाट सन्यास लिनेछु
म चुनौती दिन चाहन्छु, यस खालको आरोपको कुनै पनि तवरबाट पुष्टि गर्नुहोस् मैले राजनीतिक जीवनबाट सन्यास लिनेछु । तथ्यहिन समाचार केहि समय सामाजिक सञ्जालमा चर्चामा रहला तर यस्तो स्तरहिन समाचारले पत्रकारिताको नाममा धन्दा चलाउनेहरुको पर्दाफास गर्दछ । कैलाली जिल्लाको रानी जमरा कुलरीया सिंचाईमा मेरो कृुनै पनि प्रकारको गलत संलग्नता रहेको छैन । संलग्नता पुष्टि गर्न समेत चुनौती दिन चाहन्छु । सरकारी जग्गा कब्जा गर्ने विषय मैले कल्पना गर्न पनि नसक्ने विषय हो । मैले सरकारी जग्गा कब्जा गरेको हो वा होइन भन्ने कुरा सामान्य कानुनको जानकार भएको व्यक्तिले छुट्याउन सक्ने विषय हो । वास्तविक पत्रकारले नेपाल सरकारका सम्बन्धित निकायमा सोधपुछ गरि प्रमाणिकताको आधारमा समाचार लेख्ने गर्दछन् । पत्रकारको आवरणमा व्यक्तिको चरित्र हत्या गर्ने सृुनियोजित रुपमा परिचालित व्यक्तिले सरकारी जग्गा कब्जा भएको हो वा होइन भन्ने कुरा सम्बन्धित निकायमा बुझ्ने समेत कार्य गर्दैनन् । पित पत्रकारिताको यो हद सम्मको कार्य निन्दनिय छ ।
झपट बहादुर रावल (सांसद- कैलाली क्षेत्र नं. २)