Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कोरोना भित्र लुकेको वर्गीयता

शनिबार, भदौ १३, २०७७

सन २०१९ को अन्त्यतिर मानव समुदायलाई चुनौति दिनको लागि चाइनाको हुवावे प्रान्तको वुहान शहरबाट उदाएको कोरोनाले हाल विश्वभरि नै महामारीको रूपमा तिव्रता पाइरहेको छ। अर्को अर्थमा भन्नुपर्दा कोरोना अर्थात् कोभिड १९ अहिले विश्व भ्रमणमा छ जसले लाखौँको ज्यान समेत लगिसकेको छ। तर शुरुमा ज्यादै खतरनाक भनिएता पनि ७-८ महिनाको अवधिमा कमजोर बन्दै गइरहेको तर आतङ्क भने नसकिएको प्रष्ट देख्न सकिन्छ।

शुरुशुुरुमा विश्व समुदायको खासै ध्यान नगएता पनि विस्तारै विस्तारै घातक रोगको रुपमा सावित भयो। उता विश्व स्वास्थ्य संगठनले भने २०२० जनवरी ३० मा कोरोना संक्रमणलाई गम्भीर रुपमा लिँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्यो भने विश्व झनै आक्रान्त बन्यो। यसैगरी फेब्रुअरी मध्यसम्म आइपुग्दा चाइनाको शहरमा मात्र सिमित रहेन विभिन्न २६ वटा मुलुक यसको शिकार बने भने फेब्रुअरी २० सम्म आइपुग्दा २ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको थियो जुन अहिले लाखौं पुगिसके। जसको परिणाम स्वरुप कैयौं मुलुक लक डाउन त कैयौँ मुलुक निषेधाज्ञा को परिधिभित्र रहेर अर्थतन्त्र धरासायी बन्न पुग्यो।

सामान्य रुघाखोकीको लक्षणबाट शुरु हुने यो रोग कालान्तरमा श्वासप्रश्वासमा गम्भीर समस्या र संक्रमण गराउदै मानिसलाई कोमामा पुर्याउने सम्मको अवस्था सिर्जना हुन्छ। कुनै जनावरबाट मान्छेमा सरेको यो रोग जनवरी २१ मा मानिसबाट मानिसमा सरेको कुरा स्वयं चिनियाँ अधिकारीहरूले बताएका छन्। उसो त अन्य महामारी भन्दा मृत्युदर न्यून रहेको covid-19 को कारण वर्तमान विश्व नै त्राहिमाम र तहसनहस बनेको छ।

यसअघि मानवमा पहिचान नगरिएको यो भाइरस सार्सकै नयाँ रुप भएको भनि दावी समेत गरियो। अचम्मको कुरा त के छ भने WHO को प्रोटोकलमा संक्रमित मान्छेको परिचय गोप्य राख्नुपर्छ भन्ने सम्मका सवालहरू समुदायस्तरमै फैलिए भने मृतक र संक्रमितको परिचय गोप्य नै राखियो तर ठूला मान्छेहरुको परिचय छ्यापछ्याप्ती छापामै देखिनुले पनि कोरोनाले बर्गीयता लाई प्रष्टिकरण गरेको छ। यसको शिकार सम्भ्रान्त वर्गका राजनीतिज्ञ देखि व्यापारी र खेलाडी बने भने कतिपयले संयम् त कतिपयको समाचार माध्यमले परिचय खुलाए।

पछिल्लो चरणमा कोभिड माथि प्रश्नहरु नउब्जिएका भने होइनन कसैले व्यापारिक रणनीति भनेका छन् भने कसैले जनसंख्या घटाउने कडी हो भनेका छन्। पूँजीवादी समाजमा सामान्य जनताको पहुँच नहुने र उच्च बर्गको वर्चस्व रहन्छ। त्यसैगरी कोरोनाको नाममा पनि वर्गिय खाडल देखिनुले कतै व्यापारलाई प्रोत्साहन त गरेको छैन? यदि ठूलाबडाले जस्तै सबै संक्रमित मानिसको परिचय खुलाइएको खण्डमा Contact Tracing मा हुने खर्चको बचत हुने थियो कि ?जता पनि पूँजीवाद हावी भएको समाजमा कोरोनाले पनि साम्यवादी सोचाइ नराख्नु कुनै नौलो कुरा होइन।

  • धर्मराज न्याैपाने


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.