Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सामाजिक काममा युवाको भुमिका र सरकारकाे उपेक्षा

शुक्रबार, भदौ १९, २०७७
लम्की, कैलाली ।

कुनै पनि किसिमको विपत्ती होस् अथवा समाजिक कार्य नै किन नहोस पछिल्ला दिनहरुमा युवाहरु समाजिक काममा सक्रिय भएर लागेकाे देखीन्छ। युवाहरु भनेका देशका सचेत नागरीक हुन । देशलाइ अप्ठ्यारो परेको बेला विभिन्न काल खण्डमा उनिहरुको योगदान सबैभन्दा बढी रहदै आएकाे छ।

देशमा हुने राजनितिक परिवर्तन होस या सामाजिक परिवर्तन नै कि नहोस विगत देखी वर्तमान सम्म पनि युवाको भुमिका शसक्त छ । कोरोनाले सिर्जित गरेको यस समयमा त युवाहरु अझै झन सक्रिय भइ क्लव तथा संस्थाहरु निर्माण गर्दै युवाहरुलाइ संगठित गरेर मानविय तथा सामाजिक कार्य गरिरहेका छन। कुलतमा फसेका युवाहरु पनि यस्तो कार्यमा सरीक हुदा अव युवाहरु पनि जुर्मुराएको हुन कि भन्ने आभास हुन्छ । यस्तो किसिमको सामाजिक काममा लाग्दा समाजले आफुमा हेर्ने र बुझ्ने बुझाइ पनि फरक हुने हुदा उनिहरु सामाजिक सेवा नै हाम्राे धर्म हो भन्न थालेका छन।

उनिहरु विशेष गरी अहिले गाउँ/ नगरपालिका/ टोल सरसफाइ गर्दै लकडाउनको समयमा चुलो नबलेको र भोकमारीले सताएको व्यक्तिहरुलाइ सक्दो राहात सहयोग पनि गरीरहेका छन। कोही युवाहरु सामाजिक अभियान्ता बनेर आहात भएकालाइ मानविय सहयोग गरिरहेका छन । देशको सुनौलो चित्र कोर्ने युवा जमातलाई देशले अझै पनि चिन्न सकेन छैन।

युवामा अध्ययनशीलता क्षमता, लगनशिलता यि सबै कुराहरु भएर पनि आज युवाहरुको पिडा वेग्लै छ। सरकाले युवाको निम्ति स्वदेशमै रोजगारी सिर्जना गरी उनिहरुलाई आम्दानीको स्रोत बनाइ दिनु कहाँ हो कहाँ, नेताहरु आफ्नो पेट भर्न लालायित छन।नेताहरुले युवाहरुलाई राजनितिमा प्रवेश गराइ उनिहरुको भविष्य अन्धकार जस्ताे भएको पाइन्छ । अझ झन ०६२/०६३ को जन आन्दोलनमा युवाको योगदान सबै भन्दा धेरै छ।

स्वदेशमा बाच्न गाह्रो र रोजगारी नहुदा हातमा डिग्रीको प्रमाण पत्र वोकेर युवाहरु खाडी मुलुकमा पसिना बगाइ रहेका छन। दैनिक जस्ताे उनिहरुको लास बाकसमा प्याक भएर आउदा पनि मेरो सरकार नदेखे जसरी टुलुटुलु हेरी रहेकाे छ । सायद नेपाली नपुगेको कुनै पनि देश बाँकी छैन होला । सरकार उनिहरुले पठाएको रेमिटान्समा बाचिरहेकाे छ । भ्रष्टाचारमा लिप्त नेताहरुले युवालाई सपना मात्र देखाए उनिहरुका लागी रोजगारी नेपालमा सिर्जना गर्न सकेनन।

  • दिनेश गौतम


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.