Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

“विद्यार्थी राजनितीले भविष्यको हत्या गर्छ”

सोमवार, भदौ २२, २०७७
काठमाण्डाै ।

विद्यार्थी भनेको विद्या अध्ययनमा लाग्ने र राजनीति भनेको राज्यको निति भन्ने अर्थ लाग्दछ । अर्को शब्दमा भन्नु पर्दा पढाई, लेखाइ, हासिल गर्ने कार्यमा संलग्न जुनसुकै तहमा अध्ययन गर्ने ब्यक्ती विद्यार्थी हो, भने राजनीति भनेको राज्य सञ्चालन गर्ने एउटा सिद्धान्त हो। राजनिती र विद्यार्थी दुबै फरक फरक सिक्काको फरक फरक पाटा भएकाले दुईबिचको नातासम्बन्धको तालमेल अमिल्दो र दीर्घकालीन बन्न सक्दैन ।

विद्यार्थीको मुख्य काम भनेको बिद्या आर्जन गर्नु हो। सामन्यतया ६-२५ बर्ष सम्मको उमेरलाइ महत्त्वपूर्ण उमेर वा विद्यार्थी जीवन भनिन्छ। विद्यार्थी उमेर भनेको मानव जीवनकै अती महत्वपूर्ण समय हो। हामीले आफ्नो भबिस्य कतातिर लैजाने भन्ने कुरा विद्यार्थी जीवनमा गरेको निरन्तरता, अनुशासन र उद्धम बाट नै निर्धारित हुन्छ।

आफ्नो लक्ष्य प्राप्तिको लागि विद्यार्थी जिवनमा अनुसासन पालनलाई अहम गहना मानिन्छ । विद्यार्थी अवस्थामा अनवरत अभ्यासको कसिमा आफ्नो प्रतिभालाई घोटेर अध्ययनमा लाग्ने विद्यार्थीको अगामी दिन सुन्दर एबम सुखमय हुने गर्द्छ। यताउती आफ्नो धन, मन र तनलाइ नभडकाइकन सारा ध्यान बिद्या आर्जनमा अर्पेमात्र आफ्नो जिवनको लक्ष्यलाई सार्थक रुप दिन सकिन्छ। यस्तो जिबन जिउने साहारा शिक्षालाई बेवास्ता गरि आजभोलि दिनप्रतिदिन विद्यार्थीहरु राजनीतिमा आकर्षित भएको पाइन्छ। बिद्यार्थी जिवनमा राजनीति गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु सरह हो। जिवनलाई उज्यालो बाट अध्यरोतर्फ लैजानु हो, जो आफ्नो जिवनलाई त प्रकाशको छहारिमा राख्न सक्दैन भने उसबाट आफ्नो घर परिवार, समाज र देशको बिकास गर्छ भनेर सोच्नु भनेको सपना भित्रको सपना मात्र हुनेछ ।

विद्यार्थी जिवनमा राजनीति प्रति चासोनै राख्नहुन्न भन्न खोजिएको रतिभर पनि होईन। पाश्चात्य चिन्तक एबम विद्धान प्लेटो, अरस्तु, मार्क्स तथा भारतीय राजनीतिज्ञ रबिन्द्रनाथ, महात्मा गान्धी जस्ता व्यक्तित्वहरू विद्यार्थी जिवनमै खरो उत्रिएका थिए । विद्यार्थी जिवनमा राजनीतिक ज्ञानहरु हासिल गर्न भने पछि पर्नु हुँदैन तर राजनितिमै होमिएर आफ्नो ज्ञान आर्जन गर्ने महत्त्वपूर्ण समयको बलि चढाउनु हुँदैन। माता सरस्वतीको प्यारो स्थान बिद्यालय एबम बिष जस्ता पबित्र ठाँउ हरु अहिले पढाई हैन राजनीति गर्ने आखडा बनेको छ।

बिद्यालय एबम बिश्वबिद्यालय जस्ता ठाँउ हरुमा गएर ग्याङ भेला गराइ दादागिरी गर्ने ठुलाठुला भाषण छाट्ने यो पार्टी एस्तो उ पार्टी उस्तो भन्ने जस्ता क्रियाकलापले विद्यार्थीका जिवनको र भबिष्यको हत्या भैरहेको हामी जता नि देख्न सक्छौं । यस्तो विद्यार्थी जिवनमा ज्ञान् हासिल गर्नुको साटाे राजनीति मै सर्लक्क उत्रिएर काम गर्नाले कैयौं भबिस्यहरु तहसनहस भैरहेको छन। राजनीतिक भनेको विद्यार्थी बर्गको लागि बिष सरह हो यसलाइ सेवन गरे बिषरुपि भण्डार मै पर्छ जसबाट उम्किन धेरै कठिन हुन्छ।

आज केही निजी क्षेत्रका स्कुल बाहेक अन्य बिश्वबिद्यालयहरुमा पढ्न होइन पार्टीको भातृ संगठन खोलेर राजनीति गर्न आएको अनुभुती हुन्छ । समग्रमा भन्नुपर्दा राजनीति नगर्ने भनेको होईन विद्यार्थी जिवनमा यसतर्फ आकर्षित भएर लागी पर्दा भबिष्य पुच्छर नभएको बादर सरि हुन्छ देशको कर्णधार कमजोर हुन्छ् जसको नतिजा सिङ्गो देशले समेत भोग्नुपर्ने हुन्छ ।

आजका विद्यार्थी नै भबिस्यका डाक्टर, इन्जिनियर, पाइलट, नेता वकिल, बैज्ञानिक हुन। विद्यार्थी जिवनमा अध्ययन गरेका कुरालाई भबिस्यमा गएर लागु गर्न सक्छन। त्यसैले विद्यार्थी जिवनमा विद्यार्थीले विद्या आर्जन गरि आफुलाइ योग्य र सक्षम बनाउने हो राजनीति को चपेटामा च्यापिएर आफ्नो भबिष्यको बलि चढाउनु कदापी होईन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.