Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

युवा आवाज बुलन्द पार्ने, आशा र भरोसाका मेरुदण्ड हुन महेश बस्नेत

User Photo आइतवार, जेष्ठ २, २०७८
काठमाण्डाै ।

नेपाली युवाहरुको आशा र भरोसाको एक मेरुदण्डको रुपमा स्थापित नाम हो; नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य, पुर्ब मन्त्री एबं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत ।

युवा आन्दोलनका पर्यायवाची र प्रणेता, ‘युवाहरुको लागी रहर लाग्दो, गलत तत्वको लागि डर लाग्दो र नेपाली जनताको लागी भर लाग्दो’ सतिसाल झै अडिग, अबिचलित, नेतृत्वमा स्थापित भएर सम्पुर्ण युवाहरुलाई टेवा दिने ज्वालन्त उदाहरण रुपमा महेश बस्नेतको नाम लिइन्छ ।

त्यसो तः महेश बस्नेत, नेपाली राजनीतिमा एउटा इतिहासको साक्षी समेत बनिसक्नु भएको छ । वर्तमान अवस्थामा पनि उहाँ एक निस्ठावान, राजनीतिक एबं बैचारिक क्षमताले भरिपुर्ण, अब्बल र बिकासका पहरेदार बनेका तथ्य सबैका माझ प्रष्ट छ । विभिन्न आरोह तथा अवरोहहरुलाई पार्टी तथा आम नेपाली युवाको हितमा समर्पित गरी अग्रगामी बाटोमा लिइ रहनु भएको र उहाकै नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालले आम युवाहरुको आवाजलाई बुलन्द गर्यो, नीतिगत कुरालाई व्यवहारिकतामा लैजाने मार्ग प्रशस्त गर्यो ।

नेपालको युवा आन्दोलनको नेतृत्वकर्ता जसले युवाहरुको लागि भलाई मात्र नभई मुलुकको काँचुली फर्ने र युवा नेतृत्व जबरजस्त स्थापित गर्ने यात्राको निर्धारण गर्यो । राष्ट्रिय युवा संघ नेपालमा आवद्ध जो कोही युवाहरु रोजगार तथा आत्मनिर्भर हुनै पर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याउने भुमिका अब्बल रुपमा उहाले खेली रहनु भएका कैयौ उदाहरणहरु हामी माझ प्रस्ट नै छन ।

जसले गर्दा हाल युवा संघमा आवद्ध युवाहरु केही न केही क्षेत्र, व्यवसाय, रोजगारी लगायतमा रहेका छन् । त्यसैले गर्दा महेश बस्नेत, युवाहरुको एक मार्गनिर्देशक भएर नेपाली युवाहरुको अध्यारो रातमा खसेको ताराको रुपमा लिईन्छ । वैचारिक योगदान, योग्यता, समता, समानता, सामुहिकता, निष्पक्षता र नैतिकताका बिषयहरुमा अझै कटिबद्द भएर लाग्न उहा जत्तिको अब्बल र सुनौलो इतिहास बोकेको व्यक्तिलाई सङ्गठनको इन्चार्ज तोकिएको छ ।

महेश बस्नेत

नेकपा एमालेका एक बफादार युवा नेता मात्र नभएर नेपाल राष्ट्र र सम्पुर्ण नेपाली जनताको हितमा काम गर्ने, महेश बस्नेतलाई आज सक्काउनलाई ठुलो देशद्रोही र देशीविदेशी प्रतिकृयावादीहरुको लर्को लागि रहेको छ, यो हामी सबैका सामु ऐना जस्तै छर्लंग नै छ । सामाजिक एबं राजनीतिक रूपान्तरणको मोर्चामा हामी सानोठुलो के छौ भन्दा पनि मुलतः सवाल हामीमा बैचारिक निष्ठा, प्रतिबद्धता र दृढता अनि जनताप्रति उत्तरदायी कत्तिको छौ भन्नेमा हुन्छ ।

महेश बस्नेतले मोर्चामा पाएको जीम्मेवारीलाई मुलुक र आम जनताको जीवन पद्दती बदल्ने बाटोमा केन्द्रित हुदै गर्दा बिपक्षी र बिरोधीहरुको नेतृत्व गरेका छौ भन्ने र कहि न कहिबाट परिचालित केही अवसरवादीहरु ठाँऊ ठाँऊमा पासो थापेर अबरोध शृजना गरिरहेका छन । ईमान, निष्ठा, आर्थिक सामाजिक प्रतिष्ठा, नेतृत्व कौशल, हक्की स्वभाब, एकाडेमीया, वैचारिक र सैद्दान्तिक निष्ठाका धनी महेश बस्नेत न हड्बडाउनु होला ।

दलाली गर्दै हिडेका कायरहरुले तपाईको बाटो पक्कै अबरोध गर्छन; हजुरले पन्छाउदै, पर्गेल्दै गन्तव्यमा पुग्ने हो । लाखौलाख यूवाहरु तपाईको पछी लामबद्ध छौ । अटूट साहस र दृढ बिश्वासका साथ अघि बढ्नोस । नेपालमा अबको समय तपाई हाम्रो हो । राहु र केतु त केहि समयमा आफै हटेर जान्छ्न भने तपाईको खेदो खन्न पल्केका खुराफाती, नैतिक रुपमा पतन भैसकेका अवसरवादी एबं बिदेशी दलालका मतियारहरु समयक्रम अनुसार आफै पाखा लाग्ने छन ।

तसर्थ: बिदेशीका मतियारहरुले समय छँदै बुझ्नुपर्छ कि, महेश बस्नेत सतिसाल हुन, घेराबन्दी गर्न खोज्ने कायरहरु आफै घेरिन्छौ, तिमीहरुले कल्पना पनि नगरेको दुखद परिणामको सामना गर्नुपर्छ । यो तथ्यलाई समय छँदै बुझ्न जरुरी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.