Naya Media
सोमवार, भदौ २९, २०८३
| | September 13, 2026
सोमवार, भदौ २९, २०८३

‘निरन्तर आफ्नो पार्टीकाे सरकार ढाल्दै आएकाहरु प्रतिक्रियावादी दलालका असली खेताला हुन’

User Photo आइतवार, भदौ ६, २०७८
काठमाण्डौ ।

जब मदन भण्डारीको उर्लिदो लोकप्रियताको कारण मालेको बहुमत आउने सम्भावना बनि रहेको अवस्था थियो, तब जननेता मदन भण्डारी मारिएका थिए।

जब देशभर एमालेको एकल बहुमत बन्ने आधार बन्दै थियो, सिपी र बामदेब मिली एमाले फुटाइयो । माधवले झलनाथ ढाले, प्रचण्डले एमालेको ओली नेतृत्वको जनजनको मनमुटुमा बस्न सफल, तत्कालीन लोकप्रिय सरकार ढाले । पछिल्लो समयसम्म आईपुग्दा, पार्टी एकिकरण भइ नेकपाको बहुमत बन्यो ।

देशीबिदेशी दलालहरुलाई खुशी बनाउन र ओलीलाइ समाप्त पार्न १९ बुदें आरोप प्रस्ताब पत्र चोर बाटोबाट ल्याइयो । माधव-प्रचण्ड र देशीबिदेशी दलालहरुका स्वार्थ मिलेका कारण नेकपा समाप्त पारेर ओली नेतृत्वको सरकार ढालियो ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा जब सरकार बन्छ, जब एकल बहुमत नजिक नजिक पुग्छ, जब एकल बहुमत नै बन्छ, पार्टी शक्तिशाली हुन्छ, पार्टी लोकप्रिय र सत्ता संचालन नजिक पुग्छ, नेतृत्व जनप्रिय बन्छ तब किन पार्टी र सरकार ढालिन्छ ? तब किन नेतृत्व मारिन्छ, फाडिन्छ वा बदनाम गरिन्छ ? यो सुनुयोजित छ र खल पात्रहरु कहि न कहिबाट परिचालित छन, तयार छन, तयार गरिन्छन ।

इतिहासबाट निरन्तर पार्टी र सरकार ढाल्दै आएकाहरू कसरी कम्युनिष्ट आन्दोलन रक्षा गर्ने र हाक्ने नायक हुन सक्छन ? यी त भक्षक हुन, खलनायक हुन, कम्युनिष्टको नाममा कंलक मात्र हुन । कम्युनिष्ट धारी बेइमानी, अपराधी, कम्युनिष्ट समाप्त पार्नेहरू देशी बिदेशी प्रतिक्रियवादी दलालहरुका असली खेतला हुन ।

यीनीहरूको समाप्ती नभइ कम्युनिष्ट आन्दोलन, पार्टी र सत्ता अटल र सवल हुदै हुदैन । आजका मिति सम्मका यी सबै घटनाक्रमले यही प्रमाणित गर्दछन ।

षड्यन्त्र र संगठित यीनका काम परिणाम र अनुहारले आज आम नेपाली जनता, सम्पूर्ण राजनीतिक दल र कम्युनिष्ट आचरण र व्यवहार बोकेका इमान्दार नेता कार्यकर्ताले प्रस्ट देखिने गरी आफ्नो असली चेहेरा देखिइ रहेका छैनन र ?

जस्को लोकप्रियता, दृष्टिकोण र सुन्दर सपनाबाट बहुमत आयो, सरकार बन्यो उसैलाई सत्तोसराप गर्दै कम्युनिष्ट पार्टी, सत्ता र नेतृत्व समाप्त पार्ने भाडाका सिपाइ र जर्नेलहरू त हुन नी । कसैले बुझेको छैन र ?

  • धीरेन्द्र आचार्य


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.