Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

‘प्रकाण्ड अपराधी नै हुन्’– गृहमन्त्री ‘बादल’

User Photo शुक्रबार, साउन २५, २०७५

चितवन। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व (नेकपा)का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी नै भएका दाबी गरेका छन्

‘प्रकाण्ड अपराधी हुन् त्यसै पक्राउ गरिएको होइन । उनलाई चन्दा आंतक र राज्यलाई विध्वंश गरेको अभियोगमा ‘मोष्टवान्टेड’ सूचीमा प्रहरीले राखेका थिए । त्यसैले कसैलाई पनि अपराध गर्ने छुट छैन,’ मन्त्री थापाले भने ।

तपाईंकै निर्देशनमा पक्राउ गरिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले ‘अहिलेको गृहमन्त्री बादल हो, अपराध नियन्त्रण गरी जनतालाई सुशासन र शान्ति सुरक्षा दिने दायित्व गृहमन्त्रीको हो,’ भन्ने जवाफ दिए ।

राजनीतिक रुपमा समस्या समाधान गर्न सरकार वार्ता र संवादका लागि पनि तयार रहेको मन्त्री बादलको भनाई छ ।

साथै उनले अहिले सरकार विकास निर्माणका कार्यमा तीव्र गतिमा लागिरहेको पनि बताए । ठेकेदारहरुलाई कारवाही नगरेको भन्ने प्रश्नमा उनले भने, ‘अहिले ठेकेदारहरुलाई ताकेता गर्दै विकास निर्माणका काम तीव्र गतिमा अघि बढाइएको छ , काम नगर्नेहरुलाई कारबाहीको आवश्यक प्रकृया पनि चलिरहेको छ ।’ शुक्रबार गृहजिल्ला चितवन आएका गृहमन्त्री बादलले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रकाण्ड अपराधी नै भएकाले पक्राउ गरेको प्रष्ट पारे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.