सरकार गठन भएको ६ महिना मात्र भयो अहिल्यै विरोध गर्ने बेला भएको छैन : अध्यक्ष कमल थापा

बिहिबार, भदौ १४, २०७५, । 

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे ।

उनले यातायात क्षेत्रको एकाधिकार(सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरे ।

अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।

अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, भदौ १४, २०७५ (August 30, 2018, 1:28 pm) मा द्वारा संसद / राजनिती अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै