Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

राजाको व्यक्तिगत प्रयोगका लागि महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न सक्दैन

User Photo बुधबार, मंसिर ५, २०७५

काठमाडौँ। सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयबारे सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा समिति सभापति शाहले राष्ट्रपतिको निवास विस्तार गर्न महाराजगन्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान हटाउने तथा उपराष्ट्रपतिको निवास समाजकल्याण परिषद्को भवन लैनचौर सार्नेबारेसमेत छलफल गरिने बताए ।

२१ भदौको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको कार्यालय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विस्तार गर्ने तथा उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषद् परिसरमा सार्ने निर्णय गरेको थियो ।‘०५७ सालमा सार्वजनिक लेखा समितिले राजा वीरेन्द्रका लागि आरजे–१०० ब्रिटिस प्लेन किन्न सेनाले बनाएको योजना रोकेको थियो ।

राजाको व्यक्तिगत प्रयोगका लागि निकै महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न नसक्ने भन्दै लेखा समितिले खरिद नगर्न निर्देशन दिएको थियो र त्यो प्रक्रिया रोकियो,’ सभापति शाहले भने । उनले गणतन्त्र नेपालको राष्ट्रपतिका लागि करोडौँको गाडी किन्ने विषयबारे छलफल गरिने बताए । ‘१८ करोडको गाडी किन्ने विषय पनि चासोको विषय हो । हामी यसबारे सरकारसँग छलफल गर्छौं’ उनले भने ।नयाँ पत्रिका दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.