Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

कांग्रेसकाे देशव्यापी ‘राष्ट्रिय जागरण अभियान सुरू, नेपाली राजनीतिमै फरक स्वरूपकाे पहिलो कार्यक्रम

कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको अन्त्य गर्ने

User Photo बुधबार, बैशाख २५, २०७६
काठमाण्डाै ।

नेपाली काँग्रेस आज (बुधबार) देखि देशव्यापी ‘राष्ट्रिय जागरण अभियानमा निस्किएको छ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा वर्षभरि अभियान चलाउने काँग्रेसले बताएकाेछ ।

आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने छ । आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ । अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको छ ।

दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसचूी सार्वजनिक गरेको छ । पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।

प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि

त्यसका लागि काँग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । साथै पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने काँग्रेसले जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र कोषा अध्यक्ष सीतादेवी यादवलाई सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन् । सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, महामन्त्री सशांक कोइराला प्रदेश नम्बर ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेश र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा खटिएका छन् ।

यद्यपि बजेट अधिवेशन जारी रहेकोले सांसदहरुलाई जिल्लाका खटाउने यसअघिको निर्णयमा परिमार्जन गरिएको छ । पछिल्लो निर्णयअनुसार संघीय संसदमा रहेका सांसदहरु अभियानका लागि जिल्ला जान नपर्ने भएको छ।

नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमका रूपमा अभियानको प्रारम्भ हुँदै

पार्टी पदाधिकारीहरुलाई सातवटै प्रदेशमा प्रमुख अथितिका रुपमा पठाइएको छ । यस्तै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगीसकेका छन । एकै साथ सबै जिल्लामा अभियानको सुरुवात हुनेछ । नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमका रूपमा अभियानको प्रारम्भ हुँदैछ ।’

कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको अन्त्य गर्ने

यस्तै प्रवक्ता शर्माका अनुसार देशबाहिर पनि विभिन्न ३३ मुलुकमा कार्यक्रम सञ्चालन हुने छ। अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जन बाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिलावक्ता अनिवार्य गरिएको छ । त्यस्तै आफूहरुले आजदेखि कुनैपनि कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको अन्त्य गर्ने शर्माले दाबी गरे ।

कार्यक्रमको उद्घाटन वर-पिपल र स्वमीमध्ये कुनै एक विरुवा रोपेर गरिने

उनका अनुसार कार्यक्रमको उद्घाटन वर-पिपल र स्वमीमध्ये कुनै एक विरुवा रोपेर गरिनेछ । जागरण अभियानका काँग्रेसले १२ भाषामा रहेको गीत प्रस्तुत गर्ने छ । पार्टी प्रवक्ता शर्मा हुन् । ‘मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारू, राजवंशी, देउडा र नेपाली लयमा गीत तयार गरिएको छ । यसबाट सबै जातिका सबै तहका मानिसहरुलाई जागरण अभियानमा समेट्ने प्रयास गरेका छौँ । यो गीत कार्यकताको माहोललाई ध्यानमा राखेर प्रस्तुत गर्ने छौँ,’ गीतको रचनाकारसमेत रहेका प्रवक्ता शर्माले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.