Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | May 31, 2026
सोमवार, जेष्ठ १८, २०८३

२७ दिनपछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी

User Photo बुधबार, अशोज १, २०७६
काठमाण्डाै ।

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओली २७ दिनपछि बुधबार पहिलोपटक बालुवाटार बाहिरको सार्वजनिक कार्यक्रममा सहभागी बनेका छन् ।

२७ दिनपछि असोज १ गते ओली एकै दिन दुईवटा कार्यक्रममा सहभागी बन्दैछन् ।

ओलीले बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा राष्ट्रिय सभागृहमा हुने कार्यक्रम र सिंहदरवारको पुतली बगैँचामा संघीय संसदको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुवै कार्यक्रम सकेर ओली पुनः बालुवाटार नै फर्कने छन् ।

यसअघि प्रधानमन्त्री ओली भदौ ४ गते संविधान दिवस मूल समारोह समितिको कार्यक्रममा सहभागी हुन सिंहदरवार पुगेका थिए ।

तर, प्रधानमन्त्रीले भदौ ४ पछि बालुवाटार छोडेको भने यो तेस्रो पटक हो । उनी यसअघि भदौ २५ गते त्रिवि शिक्षण अस्पताल पुगेका थिए भने भदौ २४ गते सिंहदरवारमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

भदौ २० गते सिंगापुरबाट उपचार गरेर फर्केपछि चिकित्सकको सुझावअनुसार बालुवाटारबाटै कार्यसम्पादन गर्दै आएका प्रधानमन्त्री ओलीले सिंहदरवारमै नेपाल भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन गरेका थिए । तर, त्यो कार्यक्रम भिडियोमार्फत गरिएको थियो ।

त्यस्तै उनी सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसको नसामा राखिएको ट्युव निकाल्न र इसिजी गर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यसबाहेक उनी अन्य सार्वजनिक कार्यक्रममा सहभागि भएका थिएनन् ।

यसैबीच, यसअघि सामान्य कार्यक्रममा समेत पुग्ने गरेका प्रधानमन्त्री ओलीले अबदेखि महत्त्वपूर्ण कार्यक्रममा मात्रै सहभागीता जनाउने छन् । ‘प्रधानमन्त्रीज्यूले कार्यक्रमको महत्त्व हेरेरमात्रै सहभागीता जनाउने कि भन्ने विषयमा कुराकानी भइरहेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘स्वास्थ्यका कारण पनि सबै कार्यक्रममा सहभागिता जनाउन समस्या हुने भएकाले प्राथमिकताका आधारमा निर्णय गरिनेछ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.