Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

गृहमन्त्री थापाको दावी : विप्लव समूह छिन्नभिन्न भइसक्यो

User Photo शुक्रबार, मंसिर २७, २०७६
काठमाण्डाै ।

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूह छिन्नभिन्न भएको दावी गरेका छन् । पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य रहेको बताउँदै थापाले शान्ति सुरक्षालाई खलल पुर्याउने समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् ।

विप्लव समूहको नाम नलिई उनले यस्तो दावी गरेका हुन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई बोल्दै गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षालाई खलल पुर्याउने समूहविरुद्ध प्रहरीको काम प्रशंसायोग्य छ ।’

आपराधिक, विखण्डनकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरुबाट सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै गृहमन्त्री थापाले प्रहरी नेतृत्वलाई सजग रहन समेत आग्रह गरे ।

गृहमन्त्री थापाले भने– ‘प्रहरी निश्चय पनि सहजताको पेसा होइन । कानुन बमोजिम काम गर्न विचलित हुनुपर्दैन । निर्धक्क भएर काम गर्नुहोस् ।’

कानुनले निर्देश गरेको काम नेपाल प्रहरीले सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व रहेको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीमाथि नागरिकको ठूलो भरोषा रहेकाले नागरिकको भरोषामाथि खेलवाड नगर्न सचेत गराए ।

जिम्मेवारी निर्वाहमा जो कसैले लापरवाही गर्छ, त्यो संङ्गठनलाई ठूलो घातक हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘अबको प्रहरी अपराध अनुसन्धानमा मात्र नभई समाजसँग पनि जोडिँदै आएको छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.