Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

मेयरकै कार्यकक्षमा पत्रकारमाथि हातपात

User Photo मङ्लबार, पुस २२, २०७६
काठमाण्डाै ।

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लालकिशोर साहका समर्थकको कुटपिटबाट तीन जना पत्रकार घाइते भएका छन् ।

मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर साहसँग कुराकानी गएका पत्रकारमाथि समर्थकले आक्रमण गरेका हुन् । कुटपिटबाट पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झालाई चोट लागेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए ।

अधयक्ष मिश्रका अनुसार नगरपालिकामा प्रवक्ता तोकिएको छैन । त्यसैले जानकी मन्दिरको जग्गा अतिक्रमणबारे कुरा गर्न खोज्दा मेयर पन्छिँदै आएका थिए । ‘भेट्न नमानेपछि केही पत्रकार साथी यो बिषयमा कुरा गर्न मंगलबार बिहान १० बजे नै मेयरको कार्यकक्षमा पुगेका रहेछन्’ अध्यक्ष मिश्रले भने, लामो समय पर्खिँदा पनि मेयर साहले समय नदिएपछि पत्रकारहरु कार्यकक्षभित्रै गएर मन्दिरको जग्गा अतिक्रमणबारे धारणा माग्न खोज्दा उनका समर्थकले हातपात गरेका हुन् ।’

उनका अनुसार मेयरका समर्थकका साथै नगर प्रहरीले पत्रकारमाथि हातपात गरेका हुन् ।

मेयर साहले पत्रकारहरु कार्यकक्षमा आएर माइक मुखमै टाँसेर प्रतिक्रिया लिन खोजेको र उनीहरुले आफैं हो–हल्ला गरेको आरोप लगाएका छन् । उनले आफ्ना समर्थक अथवा नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह मात्रै गरेको दावी गरेका छन् ।

पत्रकारमाथि कुटपिट भएको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मेयरसंग प्रतिक्रिया लिन खोज्दा अपशब्द बोल्दै दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको महास‌ंघले बताएको छ ।

महासंघले घटनाको भर्त्सना गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकारसंग माग गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.