Kanoon Post
शुक्रबार, बैशाख ७, २०८१/ April 19, 2024,
शुक्रबार, बैशाख ७, २०८१

Trending :

No tags found.

विहानै पुग्याे ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोग

काठमाण्डाै ।

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दल दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।

झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading