Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 14, 2026
मङ्लबार, असार ३०, २०८३

अध्यादेश फिर्ता लिने तयारी, फिर्ता लिन प्रधानमन्त्री पनि सकारात्मक

User Photo बिहिबार, बैशाख ११, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो । हिजोदेखि सुरु भएको दुई अध्यक्षको सांसदहरुसँगको छलफल पनि स्थगित गरिएको छ ।

प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन्। बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्। संभवत: आजै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपाका एक नेताले बताए ।

संविधानको धारा ११४ को उपधारा २ ‘ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।

राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए। अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधनगर्ने अध्यादेश जारी गरेकी थिइन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.